६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोना संक्रमित भेटिएपछि वीरगञ्जका तीन वडा सिल

कोरोना संक्रमित भेटिएपछि वीरगञ्जका तीन वडा सिल
अ+ अ-

वीरगञ्ज । जिल्लामा बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले संक्रमण देखिएको वीरगञ्ज महानगरपालिका–३ सहित तीन वटा वडा सिल गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बुधबार साँझ बसेको सुरक्षा समितिले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ का सबै इलाकाहरू समेटिने गरी सिलबन्दी गर्ने निर्णय गरेपछि उक्त क्षेत्र सिल गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिहरूको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरी यथाशीघ्र चेकजाँचको कामलाई तीव्र पार्ने, कोभिड–१९ संक्रमण फैलनबाट रोक्न पूर्वमा रजतजयन्ती चोक, इदगाह चोक, छपकैया बिट चोक, मालपोत चोक, पश्चिममा छपकैया बजार चोक, सर्सिया पुल चोक, सिर्सिया भन्सार, उत्तरतर्फ एमबिएस स्कुल, पानीट्यांकी चोक, युक्ति सुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगञ्ज महानगरपालिका–१ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्रसहित वडा–१, २ र ३ का सिलबन्दी गर्ने निर्णय जिल्ला सुरक्षा समिति पर्साले गरेको छ ।

वीरगञ्जको पावर हाउस चोकदेखि रजतजयन्ती चोकसम्मको मुख्य सडकमा बिहान पाँच बजेदेखि साँझ साढे सात बजेसम्म आवतजावत गर्न नपाइने गरी निषेधित गरिएको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरू (साइकल, मोटरसाइकल, टेम्पो, रिक्सा, बयलगाडा, टांगा, बस, ट्रक, ट्रिपर, ट्रयाक्टर आदि) पावर हाउस चोकदेखि रजतजयन्ती चोकसम्मको मूख्य सडकमा सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुहरूको ढुवानी यसअघि गरिएका निर्णयअनुसार नै गर्न दिने र औषधि उपचार खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य कुनै पनि काममा कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन नपाउने गरी निषेधित गर्ने निर्णय समितिले गरेको छ ।

बुधबार १७ जना संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका–३ मा ३० चैतदेखि नै सिल गरिएको थियो भने गत आइतबारमा संक्रमितको घर मात्र सिल गरी खोलिएको थियो । त्यस्तै गरी बुधबार एकै परिवारका १७ जना थप संक्रमित भेटिएकाले बुधबार रातीदेखि सिल गरिएको छ । उक्त वडामा संक्रमितको सख्या १९ पुगेको छ ।गत आइतबार संक्रमण पुष्टि भएका व्यक्ति वडामा राहत बाँडन सक्रिय रहेका र सो वडामा करिब १२ सय घर परिवारलाई राहत बाँडिएकाले वडाका सर्वसाधारणहरू त्रसित बनेका छन् ।