६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अझै हटेन रातो मच्छिन्द्रनाथ जात्रा अन्योल

अझै हटेन रातो मच्छिन्द्रनाथ जात्रा अन्योल
अ+ अ-

काठमाडौं । सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ  निर्माण, रथारोहण र जात्रासम्बन्धी अन्योल अझै हट्न सकेको छैन । वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण गर्नुपर्ने भए पनि त्यो दिन हुन नसकेपछि अर्को कुन दिन र कसरी गर्ने भनी टुङ्गो लाग्न नसकेको हो । 

गत वर्षहरुमा देवताको दशकर्म चलिरहँदा पुल्चोकमा रथ निर्माण हुने र निर्धारित दिनमै रथारोहण हुने गरेको थियो । यो वर्ष रथ निर्माण हुन नसकेपछि सो दिन देवतालाई तबहालस्थित मच्छिन्द्रनाथ मन्दिरकै परिसरमा राखिएको गुठी संस्थान ललितपुरले जनाएको छ । रथारोहण नभए पनि नियमित पूजाआजा भइरहेको गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख राजन भुजुले बताउनुभयो । अहिलेको जटिल अवस्थाका कारण रथ बनाउन नसकिएको उहाँको भनाइ छ । अहिले सामाजिक दूरी कायम गरेर रथ निर्माण गर्न जिल्ला प्रशासनसँग अनुमति मागिएको छ । कार्यालयले अनुमति दिएपछि रथ निर्माण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रथ बनाइएपछि उपयुक्त दिनमा रथारोहण हुनेछ ।”

ज्योतिषले हेरेको उपयुक्त साइतमा रथारोहण गर्न सकिने उहाँले बताउनुभयो । अहिले रथ निर्माणका लागि आवश्यक बेत, बाँस, काठलगायत सबै सामग्री गुठी संस्थानसँग आवश्यक मात्रामा रहेको छ । त्यस्तै, मच्छिन्द्रनाथको काम गर्ने सेवक (गुठीका भषामा रकमे भनिन्छ) पनि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । रथ निर्माणको अनुमतिका लागि पत्राचार गरिएको गुठी संस्थानले जनाएको छ । कार्यालय प्रमुख भुजुले भन्नुभयो, “उताबाट स्वीकृति भएपछि हामी रथ बनाउने तयारी अवस्थामै छौँ ।”

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको ‘लकडाउन’ का कारण रातो मच्छिन्द्रनाथको जात्रामा अन्योल देखिएको हो । वैशाख शुक्ल प्रतिपदा अर्थात् गत वैशाख १२ गते मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्ने भए पनि रथ नै नहुँदा रथारोहण हुन सकेन । ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा थोरै व्यक्ति संलग्न गरेर पनि रथ बनाउनुपर्ने पक्षमा थिए । तत्कालका लागि रथयात्रा नसकिए पनि सामाजिक दूरी कायम गरेर रथ निर्माण गरी रथारोहण गर्नुपर्ने उनीहरुले बताएका थिए । 

आफूहरुले पटक पटक रथ निर्माण र तोकिएकै दिनमा रथारोहण गर्न भने पनि गुठी संस्थानले बेवास्ता गरेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । पूरै रथ बनाउन नसकिए पनि पहिले देवतालाई राख्ने स्थानसम्म बनाएर परम्परालाई निरन्तरता दिन सकिने उहाँले बताउनुभयो ।  सामाजिक दूरी कायम गरेर पनि रथ निर्माण गर्न सकिने उहाँले बताउनुभयो । देवता राख्ने स्थान बनाइएपछि विधिअनुसार रथारोहण र ‘लकडाउन’ सकिएपछि रथायात्रा गर्न सकिने थियो । उहाँले भन्नुभयो, “अहिले कहिले र कसरी रथारोहण गर्ने भन्ने अन्योल छ ।”

रातो मच्छिन्द्रनाथको जात्राका सञ्चालनका लागि जोशी थरका ज्योतिषले दुईपटक साइत हेर्ने गरेका थिए । एकपटक बुङ्मतीबाट पाटन ल्याउँदा र अर्कोपटक पाटनबाट बुङ्मती लैजाँदा साइत हेर्ने गरिएको छ । ज्योतिषले कुन दिनमा के के गर्ने भनी पहिले नै गुठीलाई दिने गरेको जोशीले बताउनुभयो । यस वर्ष तोकिएको दिनमा रथारोहण नभएकाले अर्को उपयुक्त दिन साइत हेर्न सकिने उहाँले बताउनुभयो । जेठ र असार महिनामा कतिपय दिन शुभ नभएकाले शुभ दिनमा गर्न सकिन्छ । उहाँले भन्नुभयो, “सबै पक्ष मिलेर छलफल गर्दा के गर्ने भनी टुङ्गाउन सकिन्छ ।” 

रातो मच्छिन्द्रनाथलाई वर्षा सहकालका देवता मानिन्छ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पार्ने नागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल परेपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुरमा ल्याएमा उनलाई मनाउन सक्ने र सहकाल लाग्ने भन्ने थाहा पाएपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई ल्याउने सल्लाह गरे ।
    
सोहीअनुरुप आसाम कामारुकामाक्षमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरु बन्धक बनेको चाल पाएपछि भक्तपुर र पाटनका राजाबीच निकै विवाद प¥यो ।

समाधान केहीगरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जसअनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नुन राखेर खान दिए । थकालीले दही खाइसकेपछि मात्रै त्यसमा नुन थियो भनी जानकारी दिइयो । नुनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए ।  

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनः सहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आएको छ । जात्राका प्रभावले जस्तोसुकै कठिन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ ।