४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई डा.भट्टराइको सुझाव- तपाईँको राजीनामाले नै देशले निकास पाउँछ



अ+ अ-

काठमाडौँ । समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । आजको संसदमा बोल्दै उनले भने, प्रधानमन्त्रीज्यू अब धेरै लोभ नगर्नुस्, हामी पूर्व प्रधानमन्त्रीहरु पनि कसैले लोभ नगरौँ, अब नयाँ पुस्तालाई दिउँ, तपाई विरामी पनि हुनुहुन्छ राजीनामा दिनुस् । 
प्रधानमन्त्री ओलीले विरामी अवस्थामा र जीर्ण शरीर लिएर शासन गर्न खोज्नुले आफैलाई पनि अन्याय गरेको बताए ।   

बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, जीर्ण शरीरलाई आराम दिनोस्, अब धेरै लोभ नगर्नुस्, दशेमा अराजकता र अप्रजातान्त्रिक काम धेरै भएका छन् तपाइँले राजीनामा दिएमा मात्र देशके निकास पाउँछ । 
सबै शासन व्यवस्थाका अंगहरु नियन्त्रणमा राख्ने र त्रासमा राखेर एक किसीमले राज्य आतंक मच्चाउने काम यो सरकारले गरेको उनले बताए । डा.भट्टराईले सांसद अपहरणको केशमा उजुरी दिन जाँदा नमान्ने, जाहेरी पनि नलिने अवस्था प्रहरी संगठनमा भएको भन्दै प्रधानमन्त्रीका कारणले नै यस्तो भएको उनले आरोप लगाए ।