२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति सिग्देल ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जादैं



अ+ अ-

काठमाण्डौं । प्रधानसेनापति अशोकराज सिग्देल थाइल्यान्डमा आयोजना हुने इन्डो–प्यासिफिक चिफ अफ डिफेन्स सम्मेलनमा सहभागी हुन जाने हुनु भएको छ ।

नेपाली सेनाअनुसार सिग्देल आगामी भदौ ९ गते सोमबार थाइल्यान्ड प्रस्थान गर्न लाग्नु भएको हो । सम्मेलन भदौ १०–१२ गतेसम्म ९२६–२८ अगस्ट० थाइल्यान्डको हुआ हिनमा अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्डररोयल थाई आर्मड फोर्सको सहकार्यमा आयोजना हुँदैछ ।

विक्रम संवत् २०५६ सालदेखि वार्षिक रूपमा हुँदै आएको सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । यसपटक पनि सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल र अन्तरक्रिया हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको सहभागिताले आन्तरिक सुरक्षा क्षमतामा वृद्धि गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको छ ।

थाइल्यान्ड प्रस्थान गर्नुअघि शनिबार प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मल कुमार थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुने छ