६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विगतका शासकले गरेको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्दैछौं : गृहमन्त्री थापा

विगतका शासकले गरेको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्दैछौं : गृहमन्त्री थापा
अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । त्रिपक्षीयरुपमा समस्याको हल गर्नु पर्नेमा जोड दिँदै उहाँले चीनले सहमति नजनाउने हो भने त्यस सडकको खास औचित्य नहुने हुँदा चीनसँग पनि छलफल अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

“त्यसलाई व्यापारिक मार्गका रुपमा प्रयोग गर्न खोजिँदैछ, त्यसकारण त्रिदेशीयरुपमा छलफल गरी लिपुलेक भञ्जाङलाई प्रयोग गर्न नदिने हो भने मुलुकको आन्दोलनले सफलता पाउने छ”, संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो । सोही विषयमा छलफल गर्न आज समितिले गृहमन्त्री थापालाई बोलाएको थियो । 

सन् १८१६ को सुगौली सन्धि ब्रिटिससँग गरिएकाले यसलाई निष्कर्षमा पुर्याउनका लागि सांसदहरुले बेलायतसँग समेत छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो । गृहमन्त्री थापाले बेलायत सरकारसँग छलफल गर्ने कुरा मननयोग्य रहेको समेत उहाँले बतउनुभयो । 

सीमा सुरक्षाको सङ्घर्ष टुक्राटुक्रामा मात्रै नभई सिङ्गोरुपमा लड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहमन्त्री थापाले कूटनीतिक प्रयासलाई गति दिने र यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । सरकारले यस विषयमा सकारात्मकरुपमा लिने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले प्राविधिकरुपमा मुलुकको भूमि समेटेर नक्सा जारी गर्नु जरुरी रहेको औँल्याउँदै यसतर्फ सरकारले गम्भीररुपमा सोच्ने र आफूले निर्णायक निकायमा पुर्याउने आश्वासन दिनुभयो । 

गृहमन्त्री थापाले पूर्वशासकको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्दै गएको समेत बताउनुभयो । “उनीहरुले राष्ट्रियतासम्बन्धी गरेको गम्भीर गल्ती भनेको नेपालको सीमामा भारतीय सेनालाई चौकी स्थापना गर्न अनुमति दिनु हो”, मन्त्री थापाले थप्नुभयो, “यो गम्भीर र ऐतिहासिक भुल हो, त्यसैको परिणाम हामीहरुले भोग्दै आएका हौँ ।” चीनको आक्रमणबाट बचाउन भारतले नेपालको सीमामा अस्थायी चौकी राख्ने अनुमति मागेकामा तत्कालीन शासकले अनुमति दिएका र पछि भारतले आफ्नो सेनालाई स्थायीरुपमा राखेको गृहमन्त्री थापाको प्रष्टोक्ति थियो । 

केही हदमा तत्कालीन शासकले लडेर केहीलाई फर्काउन सफल भए पनि कालापानीबाट भारतीय सेना फर्काउन नसक्दा आज पनि हजारौँ भारतीय सेना कालापानी क्षेत्रमा छन् । सैन्य मात्रै नभई राजनीतिकरुपमा पनि लिपुलेक, कालापानी क्षेत्रमा भारतले कब्जा जमाएको छ । अहिले बाटो बनाएको मात्रै विषय नभई भारतले प्रशासनिक इकाइलगायतको थुप्रै संरचना बनाइसकेको गृहमन्त्री थापाले जानकारी दिनुभयो ।

भारतले झण्डै ४०० वर्ग किलोमिटर नेपालको भूभाग अतिक्रमण गरेको उहाँले बताउनुभयो । भारतले राजनीतिक नक्सा बनाएपछि नेपाल सरकारले समेत आवाज उठाएको स्मरण गर्नुभयो । अहिले मानसरोबर जाने बाटोको विषयमा सरकारले आधिकारिकरुपमा विरोध जनाइसकेको मन्त्री थापाले सांसदहरुलाई जानकारी दिनुभयो । उहाँले सीमा समस्या कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सांसदहरुले तत्कालै सडक निर्माण गरेको क्षेत्रमा सुरक्षाफौज पु¥याउन गृहमन्त्रीसँग आग्रह गर्नुभएको थियो । सुरक्षा निकायलाई तैनाथ गर्ने विषयमा छाङ्रुमा सीमा निगरानी चौकी (बिओपी) राख्ने तयारी गरिएको समेत उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार उक्त भूभागमा जाने बाटो नभएकाले बाटोको निर्माण कार्य जारी रहेको छ । 

बैठकमा १४ जना सांसदले भाग लिँदै तत्कालै सीमा रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसदहरुले सीमा रक्षाको विषयमा सरकारलाई सबै पार्टीको साथ रहेको उल्लेख गर्दै कूटनीतिक नोटमात्रै नलेखी ठोस कदल चाल्न समितिमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।