१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कजााक राष्ट्रपतिद्वारा मन्त्रिमण्डल बर्खास्त



अ+ अ-

कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले आफ्नो मन्त्रिमण्डल बर्खास्त गरेका छन् । इन्धनको मूल्यमा भएको वृद्धिका कारण व्यापक विरोध प्रदर्शन भएपछि उनले देशको सबैभन्दा ठूलो सहर र तेलको धनी पश्चिमी क्षेत्रमा आपत्कालीन स्थिति लागू गरेका छन् ।

तोकायेभले बुधबार बिहान प्रधानमन्त्री अस्कार मामिनको नेतृत्वमा रहेको मन्त्रिमण्डलको राजीनामा स्वीकृत गरेको र तरल पेट्रोलियम ग्यास (एलपीजी) मा मूल्य नियन्त्रण पुनर्स्थापना गर्न कार्यवाहक मन्त्रिमण्डलई आदेश दिएको बताए।

उनले पेट्रोल, डिजेल र अन्य ‘सामाजिकरूपमा महत्त्वपूर्ण’ उपभोग्य वस्तुहरूमा मूल्य नियन्त्रणलाई व्यापक बनाउन कार्यवाहक मन्त्रिमण्डलई पनि आदेश दिए। 

राजधानी अलमाटीमा सरकारको राजीनामाको माग गर्दै हजारौँ प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि यस्तो कदम चालिएको बताइएको छ । तनावपूर्ण अवस्थालाई शान्त पार्ने प्रयासमा तोकायेभले बुधवार बिहान अलमाटी र पश्चिमी मङ्गिस्टाउ प्रान्तमा आपतकालीन स्थिति लागू गरे।

उनका अनुसार दुई हप्तासम्म यस्तो आदेश रहनेछ र बेलुका ११ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू, आन्दोलन र ठूलो जमघटमा प्रतिबन्ध लगाइएको छ । 

“सरकारी र सैन्य कार्यालयहरूमा आक्रमणका लागि आह्वान गर्न पूर्णतया गैरकानूनी छ”, तोकायेभले राति पहिले एक भिडियो सन्देशमा भनेका थिए, “सरकार ढल्दैन, तर हामी द्वन्द्वभन्दा पनि आपसी विश्वास र संवाद चाहन्छौँ ।”

मेसेन्जर एप्स टेलिग्राम, सिग्नल र व्हाट्सएप सबै यो मुलुकमा उपलब्ध थिएनन् । विरोधका बारेमा रिपोर्ट गर्ने दुई स्वतन्त्र मिडिया वेबसाइटहरू ब्लक गरिएको देखिन्छ। सरकारले एलपीजीको मूल्य तोकेको एक दिनपछि जनवरी २ मा पश्चिमी मङ्गिस्टाउ क्षेत्रको झानाजोएन सहरमा विरोध प्रदर्शन भएको थियो।

मङ्गिस्टाउ अटोमोबाइलका लागि मुख्य इन्धनका रूपमा तुलनात्मकरूपमा सस्तो एलपीजीमा निर्भर छ । मूल्यमा कुनै पनि उछालले खाद्यान्नको मूल्यलाई असर गर्ने बताइएको छ । यो सहरले महामारी कोरोना भाइरसको सुरुदेखि नै तीव्र वृद्धि देखेको छ। विरोध प्रदर्शन चाँडै मङ्गिस्टाउ र पश्चिमी कजाकिस्तानका अन्य भागहरूमा फैलियो ।