काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।
एमालेले पार्टीमा फर्किन निषेध गरेपछि पूर्वराष्ट्रपति भण्डारीले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गरेकी हुन् ।
पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी भण्डारीले नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवादको विस्तार गर्न भन्दै बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी हुन् ।
उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।










तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल










