४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगे, अमेरिकी राजदूतले समेत दिए शुभकामना



अ+ अ-

काठमाडौं । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् ।  जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् ।

जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रोक्न लकडाउन गरिएकाले औपचारिक कार्यक्रमहरु नरहेको उपमेयर गीता सत्यालले बताइन् ।

यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले समेत शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गरेका छन् ।