६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अर्थमन्त्रीलाई गगन थापाको प्रश्न : विदेशबाट फर्किने युवाका लागि खै ठोस योजना ?

अर्थमन्त्रीलाई गगन थापाको प्रश्न : विदेशबाट फर्किने युवाका लागि खै ठोस योजना ?
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले कोरोनाका कारण सृजित अवसरलाई उपयोग गर्ने संकल्प, साहस र सृजनात्मकता सरकारले देखाउन नसकेको टिप्पणी गर्नुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा मंगलबार पूर्व बजेट छलफलमा भाग लिदैँ उहाँले अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको प्रस्तावमा नयाँपन केही नभेटिएको बताउनुभयो । 

नव प्रबद्र्धनको मौका, डिजिटल गराउने असर तर्फ पनि सरकारको पट्क्कै ध्यान नभएको काँग्रेस नेता थापाको भनाई थियो । 

अर्थमन्त्री खतिवडाले करको दायर बढाउने पुरानै सिद्धान्तलाई आधार मानेको भन्दै उहाँले सार्वजनिक खर्च घटाउने यस्तो अवसर आउदा पनि अर्थमन्त्रीले साहस गर्न नसकेको टिप्पणी गर्नुभयो ।

विदेशबाट फर्किन लागेर र स्वदेशमै पनि बेरोजगार भएका लाखौ नेपालीका लागि अर्थमन्त्री खतिवडाले ठोस कुनै योजना ल्याउने छाटकाँट नदेखाएको भन्दै थापाले आक्रोस पोख्नुभयो । 

उहाँले भन्नुभयो, “लाखौ मानिस स्वदेश आउदैछन्, उनीहरुको बारेमा कुनै चिन्ता अर्थमन्त्रीमा देखिएन ।”

कोरोनापछि कृषि र साना उद्योगहरुलाई प्राथमिकता दिनुपर्छ भनेको मात्रै सुनेको तर शिक्षा र स्वास्थ्यको राम्रो व्यवस्था नगर्दासम्म गाउँमा रहेकाहरुलाई गाउमै टिकाउन सकिन्न भन्ने तर्फ कसैको ध्यान नगएको उहाँले बताउनुभयो । 

हरेक गाउँ गाउँमा कस्तो अस्पताल बनाउनु पर्छ, कस्तो आवश्यकता छ भन्ने लगायतको सम्पूर्ण योजना सहितको अध्ययन प्रतिवेदन २०७४ सालदेखि स्वास्थ्य मन्त्रालयमा थन्किएको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

धेरै विद्धान र विज्ञहरुले धेरै मेहनेत गरेर बनाएको प्रतिवेदनलाई सरकारले एक पल्ट पनि पल्टाउने चेष्ट नगरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । 
नेपालका उद्योगहरुलाई निजिकरण गरिएको भन्दै विगतमा चर्को विरोध गर्ने सत्तारुढ दललाई अहिले सार्वजनिक उद्योगहरु खोल्न चुनौति पनि उहाँले दिनुभयो । 

उद्योगहरुलाई निजिकरण गरेर देशलाई बर्दाद पारियो भन्ने सत्तारुढ दललाई अहिले आफ्नो सरकार मार्फत उद्योग चलाउने आँट छ रु भनेर नेता थापाले प्रश्न गर्नुभयो । 

उहाँले निजिकरण गरेको कारणले नभई अन्य कारणले नेपालका उद्योग धन्दाहरु धारासायी भएको बताउदै यसलाई पुनर्उत्थान गर्ने तर्फ सरकारले यो अवसरलाई अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
 
छलफलका लागि पेश गरिएको प्रस्ताव निवन्ध जस्तो भएको टिप्पणी गर्दै उहाँले सांसदहरुलाई अर्थमन्त्री खतिवडाले हेपेको आरोप लगाउनुभयो । 
“नयाँ बजेट बनाउँदा अहिलेको अवस्थाका बारेमा केही न केही तथ्यांकहरु प्रस्तुत गर्नुपर्दछ र त्यसका आधारमा सैद्धान्तीक छलफल गर्नु पर्ने हो, तर उहाँले सांसदहरुलाई केही थाहा छैन भन्ने ठानेर निवन्धजस्तो लेख्नु भएको छ,” उहाँले भन्नुभयो ।

अर्थमन्त्रीको यो प्रस्तुतीले जति निराश बनाएको छ, उत्तिकै निराश उहाँले सार्वजनिक रुपमा दिने अभिव्यक्तिले पनि बनाउने गरेको नेता थापाको भनाई छ । 
समकालिन विद्धानहरु मध्ये सर्वाधिक विद्धवान र अनुभवी भनिएका अर्थमन्त्रीले पनि आशा जगाउन र नयाँ नयाँ योजनाहरु ल्याउन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।