६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सगरमाथाको उचाई कति ? चिनियाँ टोली पनि सगरमाथा आरोहणमा

सगरमाथाको उचाई कति ? चिनियाँ टोली पनि सगरमाथा आरोहणमा
अ+ अ-

काठमाडौंः विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बारे खासै विवाद छैन, तर नेपाल र चीनका प्राविधिकहरु सगरमाथाको उचाई पुनः नाप्ने बारेमा आआफ्ना तर्फबाट प्रयासरत छन् ।
सबैलाई थाहा छ, सगरमाथाको आधिकारिक उचाई ८,८४८ मिटर नै हो । पछिल्लो पटक केहीले सगरमाथाको उचाई २ मिटर (७ फिट) घटेको दाबी गरेपछि सगरमाथाको उचाईको यथार्थ पुनः पत्ता लगाउने प्रयास थालिएको हो ।

सर्वप्रथम बेलायती एक्सपिडिसनले सगरमाथाको उचाई निक्र्यौल गरेको थियो, र यसलाई आज पर्यन्त स्वीकार गरिएको छ । यसबीचमा विज्ञान र प्रविधिमा अभूतपूर्व विकास भइसकेको सन्दर्भमा सगरमाथाको उचाई पुनः नाप्ने योजना अघि सारिएको छ ।

नेपाल र चीनको सीमाक्षेत्रमा नेपालतर्फ दक्षिण मोहडा बनाएको विशाल सगरमाथालाई तेस्रो ध्रुवका रुपमा समेत लिइन्छ । यस पर्वतको शिखर चुम्न विश्वका सबै धूरन्धर पर्वतारोहीका लागि आखिरी चाहना हुने गरेको छ ।

सन् १९५५ मा इन्डियन सर्भेले निकै ठूलो अभियान संचालन गरी चीनमा चोमोलोङमा भनेर चिनिने सगरमाथाको उचाई ८,८४८ मिटर (२९,०२९ फिट) रहेको घोषणा गरेका थिए । यो उचाईलाई नेपाल र चीन दुबैले मान्यता दिएका थिए । तर सन् १९७५ मा चीनले फेरि सगरमाथाको उचाई मापन गरी ८,८४८ मिटर नै रहेको प्रमाणित गरेको थियो ।

सन् १८६५ मा सगरमाथालाई बेलायतको “रोयल जोग्राफिकल सोसाइटी”ले माउन्ट एभरेष्ट नामकरण गरेको थियो ।

उचाईको विवाद

केही वैज्ञानिकले सगरमाथाको उचाई हरेक वर्ष २ इन्चको दरले वृद्धि हुँदै गएको दाबी गरेका छन् । यसो हेर्दा वर्षको २ इन्चको खासै महत्व नहोला, तर धेरै वर्ष व्यतित भएपछि यसको महत्व अवश्य बढ्छ ।

बोस्टन म्युजियम अफ साइन्सका प्राध्यापक एवं सुप्रसिद्ध हिमाली कार्टोग्राफर ब्राड वासबर्न र उनको टोलीले सगरमाथाको उचाई पुनः गणना गरेको थियो । यो टोलीले सगरमाथाको उचाई ७ फिट बढेको देखायो अर्थात् सगरमाथाको उचाई ८,८५० मिटर (२९,०३५ फिट) । यसक्रममा सगरमाथाको शिखरमा राडार सहितको जिपिएस प्रविधि पनि प्रयोग गरिएको थियो ।

तर सन् २०१५ अर्थात् २०७२ सालको महाभूकम्पका कारण सगरमाथाको उचाई केही घटेको अनुमान गरिएको छ । उचाई बढेको वा घटेको भन्ने विवाद बढेसँगै नेपाल सरकारले सगरमाथाको उचाई नाप्ने योजना बनाएको छ, र यो अन्तिम चरणमा प्रवेश गरेको छ ।

सगरमाथाको उचाई नाप्न नेपाली टोली

सगरमाथाको उचाई नाप्ने कार्य यति सजिलो पक्कै होइन, थिएन । नेपाल सरकारले यो चुनौतीपूर्ण कार्यलाई विश्वासिलो, वैज्ञानिक रुपमा तथ्यपरक र अन्तर्राष्ट्रिय जगतबाट स्वीकार्य बनाउन हरसम्भव प्रयास गर्नुको विकल्प हुँदैन । नेपाल सरकारले सर्भे विभाग मातहत रहने गरी “सगरमाथा उचाई मापन सचिवालय गठन” गरेको छ, र यही सचिवालयले सगरमाथाको उचाईसँग सम्पूर्ण कार्य गरिरहेको छ ।  

सिरहाको मादरलाई आधार मानेर सगरमाथाको उचाई नाप्ने अभियानको नेतृत्व गरेको थियो सुशील डंगोलको टिमले । यस टिमका सदस्यले सन् २०१९ को मे २२ मा सगरमाथाको सफलतापूर्वक आरोहण समेत गरेको छ । यो टिमको नेतृत्व प्रमुख सर्भे अधिकृत खिमलाल गौतमले गरेका थिए भने टोलीमा सर्भे अधिकृत रबिन कार्की सहित अरु पर्वतीय गाइडहरु सहभागी थिए । यो टिमले सगरमाथाको शिखरमा १ घण्टा १६ मिनेट बिताएर जिएनएसएस अब्जरभेसन र जिपिआर सर्भे गरेको थियो ।

अहिले नेपाली टोली के गर्दैछ ?

नेपाली टोलीले झण्डै २ वर्ष लगाएर सगरमाथाको उचाईसँग सम्बन्धित तथ्याँक विवरण संग्रह गरिसकेको छ । प्रमुख सर्भे अधिकृत एवं यस परियोजनाका संयोजक सुशील डंगोल सगरमाथाको उचाई मापन कार्य अत्यन्त सही मार्गमा रहेको र निकट भविष्यमै आधिकारिक घोषणा गर्ने गरी दिनरात काममा जुटेको बताउँछन् ।

उनी भन्छन् – हामीले फिल्ड वर्क सकेका छौं, एक्सपिडिसनको कार्य सकिएको छ र मेजरमेन्ट (मापन) को काम सकिएको छ ।

यी सबै काम सकिए पनि मुख्य काम भनेको संग्रहित तथ्याँकीय विवरणलाई प्रशोधन (प्रसेसिङ) गर्नु हो । अहिले आफ्नो सचिवालयका कर्मचारी साथीहरु यही डाटा प्रसेसिङमा खटिनु भएको छ, डंगोल भन्छन् । यो कार्य सम्पन्न गर्न करिब डेढ महिना लाग्ने उनको भनाई छ ।

घोषणाको पर्खाई

नेपालले आफ्नो डाटा प्रसेसिङको काम सम्पन्न गरे पनि चिनियाँ पक्षसँग भएको एउटा सहमतिले अन्यौल बढाएको छ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका समयमा दुबै देशद्वारा जारी संयुक्त वक्तव्यमा सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गरिने उल्लेख गरिएको छ । उक्त सहमति अनुसार नेपालले एकलौटी रुपमा सगरमाथाको उचाई घोषणा गर्न सक्दैन ।

चीन सरकारले हालै मात्र सगरमाथाको उचाई नाप्न प्राविधिक टोली तिब्बत तर्फबाट सगरमाथा पठाएको समाचार चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले प्रकाशन गरेको छ । यो टोलीले सगरमाथाको आरोहण अझै गरेको छैन । सम्भवतः केही दिनभित्रै चिनियाँ टोली सगरमाथाको शिखरमा पुग्नेछ । त्यसपछि उनीहरुले तथ्याँक विश्लेषणका लागि समय लगाउनेछन् । त्यसर्थ सगरमाथाको उचाईको यथार्थ थाहा पाउन अझै केही समय कुर्नुपर्ने देखिएको छ ।