६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल News Polar न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता News Polar पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल News Polar सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची News Polar एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने News Polar घुम्ती गोठमा रमाएका टीकाजीत News Polar शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी बाढीपीडितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन

अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्दा रहेछन्ः प्रधानमन्त्री

अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्दा रहेछन्ः प्रधानमन्त्री
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री संसदबाट चुनिने भएकाले अदालतको विषय नरहेको बताउनु भयो । अदालतलाई झोक चल्दा भने बर्खास्ती र नियुक्ति समेत गरेको ताजा अनुभव आफूसँग रहेको बताउनु भयो । अदालत संविधानको व्याख्याता भएकाले अनुकुल व्याख्या गर्ने सुविधालाई लिएर त्यस्तो फैसला हुने गरेको बताउनु भयो । आफूले अदालतको हुर्मत लिएको नभइ अनुभव आदानप्रदान गरेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्र्रधानमन्त्री संसदबाट चुनिन्छ । चुनिएर बन्छ । कहिले कहिले अदालतले झोक चल्दा बाहेक संसदले हटाउँछ । अब अदालतलाई नै झोक चल्यो भने त कसको के लाग्छ र ? अदालतले नै ठोकिदिन्छ, प्रधानमन्त्री बर्खास्ती गरिदिएँ । प्रधानमन्त्री संसदबाटै निर्वाचित हुन्छ । कहिले कहिले संसदलाई ज्वरो आएका बेलामा बाहेक । कहिले कहिले त फलानोलाई नियुक्ति गरिदिएको छु भनेर पनि ठोकिदिँदो रहेछ, अदालतले । किनभने संविधानको व्याख्याता हो अदालत त्यसकारण अदालतको कुर्सीमा बसेपछि व्याख्या गर्न पाइने भएको हुनाले अनुकुल व्याख्या गर्ने सुविधालाई उहाँहरुले प्रयोग गर्दा बर्खास्त वा नियुक्ति प्रधानमन्त्रीको संसदबाट नगरेको पनि हाम्रै देशको ताजै इतिहास छ । जहाँ डेमोक्रेटजाइसन हुनुपर्ने त्यहाँ छैन । सैन्य पाराले नियुक्ति भयो, बर्खास्ती पो भयो । धन्न पोर्टमार्सल भएन । कहिले कहिले त्यस्तो पनि हुँदो रहेछ । मान्छेहरुले उरालिदिन्छन् अदालतलाई यस्तो भन्यो भनेर । कहिले कहिले यस्तो पनि हुँदो रहेछ जिन्दगीमा भनेको मात्रै हो । हामी पूर्ण लोकतन्त्रमार्फत परिपूर्ण लोकतन्त्र हाम्रो माध्यम हो । जसभित्र सबै स्वतन्त्रताका हक पर्दछन् ।’

प्रधानमन्त्री ओलीले आफूहरु पूर्ण लोकतन्त्रमार्फत परिपूर्ण लोकतन्त्रमा अघि बढिरहेको बताउनु भयो ।