बिहिवार थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा सर्लाही, धन्कौल न.पा. निवासी ४५ वर्षिय पुरुष, धनषा, जनकपुर न.पा. र मिथिला न.पा. निवासी ४० वर्षिय पुरुष र २० वार्षिय महिला, महोत्तरी, जलेश्वर न.पा. र बलवा न.पा. निवासी १६ र ३५ वर्षिय पुरुषहरु छन् ।
उनीहरु सम्पुर्णलाई अहिले चिकित्सकहरुको निगरानीमा राखिएको बताईएको छ । यस अगाडि आजै बिहिवार विहान ६ः १५ मा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय बालिकालाई संक्रमण देखिएको थियो ।