६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

डब्ल्यूएचओको चेतावनीः कोरोना उन्मुलन कठिन

डब्ल्यूएचओको चेतावनीः कोरोना उन्मुलन कठिन
अ+ अ-

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोनाभाइरस उन्मुलन हुन नसक्ने अथवा हामीबीच रहिरहने सम्भावना व्यक्त गरेका छन् । उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस पनि हालसम्म उन्मुलन हुन नसकेको बताए । माइकल रयानले भ्याक्सिन बिना सर्वसाधारणलाई यो रोगका लागि प्रतिरोधी क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्ने बताएका छन् । कोभिड–१९ को भ्याक्सिन तयार गर्न अनेकौं कोसिस भइरहेका छन् । मोटामोटी रुपमा कोभिड–१९ का लागि कम्तीमा सय भ्याक्सिन बनाउने कोसिस भइरहेको छ । तर संसारभरीका विज्ञले यस्ता कुनै भ्याक्सिन तयार हुनै नसक्ने बताएकाले याे कठिन छ  भनेका छन्।

यद्यपि, संसारका विभिन्न देशले लकडाउन खुकुलो पार्न थालिसकेका छन् । यसमाथि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनोम गिब्रयेससले यसका कारण संक्रमणको गती बढ्नसक्ने सम्भावना व्यक्त गरेका छन् । गिब्रेयासले भने, ‘थुप्रै देश हालको लकडाउनको स्थितीबाट बाहिर निस्कनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । तर विश्व स्वास्थ्य संगठनले संसारभरीका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशलाई अहिले पनि सबैभन्दा उच्चतम स्तरमा अलर्ट रहन आवश्यक छ ।’ लकडाउन खुकुलो पारिएको बारे रयाले आफ्नो पत्रकार सम्मेलनमा भने, ‘जुन देशले आफूलाई खुकुलो पारिरहेको छ त्यहाँ ‘जादुमय सोच’ ले काम गरिरहेको छ । रयानले जनजीवन सामान्य हुन निकै धेरै समय लाग्ने उनले बताए ।

उनले भने, ‘हामीले वास्तविकताका साथ सोच्नुपर्ने हुन्छ, यो महत्वपूर्ण पनि छ । मेरो विचारमा कसैले पनि यो भाइरस कहिलेसम्म रहन्छ भन्ने बारे बताउन सक्दैन । यसका लागि कुनै वचन दिन सकिँदैन न नै कुनै मिति तोक्न सकिन्छ ।’ माइकल रयानले यो भाइरसको निदान खोज्नु एउटा लामो प्रक्रिया भएको र यो कहिले पनि पूरा नहुन पनि सक्ने बताएका छन् । रयानका अनुसार यदि कोभिड–१९ को भ्याक्सिन तयार भइहाले पनि त्यो सुरुमा परीक्षण गरिनुपर्छ र कोरोना भाइरसको नियन्त्रणका लागि निकै ठूलो प्रयासको आवश्यकता पर्छ । यस्तै विश्व स्वास्थ्य संगठनको महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि भनिन्, ‘हामीले यो माइन्डसेट बनाउनुपर्छ कि यो महामारीबाट बाहिर निस्कनका लागि समय लाग्नेछ ।’ बीबीसी