६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कपिलवस्तुका एक कोरोना संक्रमित नगरपालिकाका अधिकृत

कपिलवस्तुका एक कोरोना संक्रमित नगरपालिकाका अधिकृत
अ+ अ-

कपिलवस्तु । कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा  कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन्।  संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन्। भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन्।

यस्तै ६ जना दैनिक काममा धेरैसँग सम्पर्क रहेका व्यक्ति हुन् भने एक ६ वर्षकी बालिका हुन्।

पछिल्लो पटक बाणगङ्गा नगरपालिका- ४ की ६ वर्षीयामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ। बाणगङ्गामा पहिलो पटक बालिकामा कोरोना संक्रमण फेला परेको हो। बालिकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममा संक्रमण भएको अनुमान गरिएको छ।

यता बुधबार साँझ नयाँ आठ जनामा संक्रमण पुष्टि भएकामध्ये चार सुरक्षाकर्मी छन्। प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका दुई तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एकएक जनामा कोरोना देखिएको हो। तीमध्ये एक प्रहरीका चालक  छन्। चालक संक्रमित पुष्टिपछि उनले दैनिक चलाउने गरेको सवारी साधनमा सवार हुने अन्य प्रहरी कर्मचारीमा पनि आशंका बढेको छ।

भेटिएका आठ संक्रमितमध्ये तीन जना नगरपालिकाको वडा नम्बर २ मा निर्मित महेन्द्र माविको क्वारेन्टाइनमा बसेका थिए।

तीमध्ये दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए। एक जना नगरपालिकाका सरसफाइकर्मी हुन्। 

उनी क्वारेन्टाइनमा बस्दै आएका थिए भने अर्को एक जना पालिकाकै एक शाखा प्रमुख रहेको नगर प्रमुख रजतप्रताप शाहले जानकारी दिए।

उनी यस बीचमा राहत वितरण र भारतबाट आएकाको उद्धारमा सक्रिय रहेको र पालिकामा आउने जाने गरेकाले संक्रमण धेरैका बीच फैलिन सक्ने शाहले आशङ्का गरे।

कपिलवस्तुको कोरोना संक्रमित स्वास्थ्यकर्मी संक्रमणको नतिजा आउँदासम्म दैनिक कामकाजमा तौलिहवा अस्पतालमा कार्यरत थिइन्।

उनले आफ्नै घरबाट आवतजावत गर्ने गरेकी थिइन्। उनलाई उपचारका लागि कपिलवस्तु अस्पतालको आइसोलेशनमा राखिएको छ।