९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्वास्थ्य सङ्गठनको चेतावनी : कोरोनाभाइरसको कहिल्यै अन्त्य नहुन सक्छ



अ+ अ-

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको कहिल्यै अन्त्य नहुने बताएको छ । उसले खोपको विकास भएको अवस्थामा पनि भाइरस नियन्त्रण गर्न ठूलो प्रयास हुनुपर्ने जनाएको छ । 

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै विश्व स्वास्थ्य सङ्गठनका सङ्कटकालीन निर्देशक डा माइक रयानले भाइरसको अन्त्य कहिले हुने सम्बन्धी अनुमानबारे बोल्नुहुँदै यस्तो चेतावनी दिनुभएको हो । विश्वभर कोरोना भाइरसबाट करिब तीन लाख व्यक्तिको मृत्यु भइसकेको छ, ४३ लाख व्यक्ति सङ्क्रमित छन् ।

डा. रयानले भन्नुभयो, “हाम्रो समुदायमा यो भाइरस अर्को अन्त्य हुन नसक्ने प्रकोप बन्न सक्छ र कहिल्यै अन्त्य हुन नसक्ने यसै टेबुलबाट खुलाउन महत्वपूर्ण हुन जान्छ ।” उहाँले एचआइभीको सङ्क्रमणसँग कोरोना भाइरसको तुलना गर्नुभयो । डा. रयानले भाइरसको अन्त्यलाई लिएर कसैले पनि अनुमान लगाउन नसक्ने प्रष्ट्याउनुभयो ।

विश्वभरि हाल करिब एकसय सम्भावित खोपको विकासबारे अनुसन्धान भइरहेको छ । उहाँले दादुराको खोप आएपनि हालसम्म उन्मूलन हुन नसकेको उदाहरण दिनुभयो । तर विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस अदनोम गेब्रेससले सामूहिक प्रयासले कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्नसकिने बताउनुभयो ।