काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।
रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेको स्वास्थ्यमा समस्या भएको पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण गरिएको छ । उनका हातका छालाहरू पहेँलो भएको देखिएपछि जन्डिसको आशंका गरिएको उपसभापति अर्यालले बताए ।
सभापति लामिछानेको रगत निकालेर परीक्षणका लागि वीर अस्पताल लगिएको उनले बताए ।











