६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

महानगरले अब पूर्वाधारका नयाँ काम नथाल्ने, समस्यामा परेका परियोजनाको कारण खोज्ने

महानगरले अब पूर्वाधारका नयाँ काम नथाल्ने, समस्यामा परेका परियोजनाको कारण खोज्ने
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरले चालु आर्थिक बर्षका लागि स्वीकृत बार्षिक बजेट नीति तथा कार्यक्रममा उल्लेख भएका तर अहिलेसम्म नथालिएका कार्यक्रम अब नथाल्ने भएको छ । अब योजना थालेर त्यसको परिणाम आउँदैन । नयाँ परियोजना थालनी नगर्नुका कारण बताउँदै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल भन्नुहुन्छ – नसकिने योजना थाल्नु भनेको पैसा खर्च गर्नु मात्र हो । महानगरले यस अघि थालेका पूर्वाधारका काम सक्ने दिशामा हामी अघि बढेका छौं । ती योजनामा कुनै समस्या छन् भने कारण खोजेर त्यसलाई रिभाइज्ड र सिम्प्लिफाइ गर्छौ । ती योजनालाई असार मसान्तभित्र सक्छौं र नयाँ योजना साउनपछि थालनी गर्छौ । 

महामारी नियन्त्रण गर्नु अहिलेको प्राथमिक काम हो । यसबाहेक लकडाउनपछिको जीवन सहज बनाउने कार्ययोजना तयार पार्न, आगामी आर्थिक बर्षका लागि बजेट तथा कार्यक्रम तयार पार्न बिभागलाई भनेको छु । प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो — काममा परिणाम नआउनुमा केही नीतिगत समस्या पनि छन् । काम गर्ने प्रक्रियालाई असजिलो बनाउने कानुनी प्रबन्ध संशोधन गरेर भए पनि परिणाममुलक काम गर्छौ । महानगरले अपनाएको बाटो अन्य स्थानीय तहलाई पनि सिकाइ बनोस् भन्ने मेरो चाहना हो, उहाँले भन्नुभयो । 

बिगतमा महानगरले सम्पन्न गरेका कामको समीक्षा गर्दै आगामी कार्ययोजना तयार पार्न बैशाख २९ गते प्रमुख प्रशासकीय अधिकृत अर्यालको अध्यक्षतामा बसेको बिभागीय प्रमुखहरुको बैठकले बसेको थियो । त्यस बैठकले चालु आर्थिक बर्षका लागि स्वीकृत भएका तर प्रक्रिया नथालिएका कुनै पनि पूर्वाधारका काम नथाल्ने निर्णय गरेको छ । 

बैठकले कर्मचारी व्यवस्थापन र वृत्ति विकासका लागि कर्मचारी सेवा ऐन मस्यौदा तयार गर्न प्रशासन बिभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा निर्देशकहरु दिपक अधिकारी, बसन्त आचार्य र रामबहादुर थापा हुनुहुन्छ भने सदस्य सचिवमा उपनिर्देशक बखतबहादुर साउद हुनुहुन्छ । कार्यदलको समय १५ दिन तोकिएको छ । त्यसै गरी महानगरलाई आवश्यक पर्ने ऐन, नियम, निर्देशिका, कार्यबिधि र मापदण्ड तर्जुमा गर्न र विगतमा जारी गरिएका स्थानीय कानुनहरुको सामयिक संशोधनको मस्यौदा तयार पार्न निर्देशक बसन्त आचार्यको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा उपनिर्देशक गोपाल पाखरेल र सदस्य सचिवमा कानुन अधिकृत देवी तिमिल्सिना हुनुहुन्छ । कार्यदललाई १ महिनाको समय दिइएको छ । 

कर्मचारीको व्यक्तिगत विवरण (पिआइएस) लाई कम्प्युटर सफ्टवेयर प्रणालीमा राख्न मानव संसाधन महाशाखा र प्रबिधि महाशाखालाई जिम्मेवारी तोकिएको छ । यस्तै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाएर बित्तिय अनुशासन कायम गराउने, कर्मचारीको आचार संहिता पालना गर्ने गराउने निर्णय भएको छ । 

 

नतिजामुलक कार्य सम्पादनका लागि भ्रष्टाचार शुन्य सहनशीलता अपनाउने, पदसोपान र कार्यविवरणबमोजिम काम गर्ने, गराउने भएको नभएको सूचकका आधारमा कार्य सम्पादन मुल्याङ्न गरिने बैठकले गरेको अर्को महत्वपूर्ण निर्णय हो ।