९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले अब पूर्वाधारका नयाँ काम नथाल्ने, समस्यामा परेका परियोजनाको कारण खोज्ने



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरले चालु आर्थिक बर्षका लागि स्वीकृत बार्षिक बजेट नीति तथा कार्यक्रममा उल्लेख भएका तर अहिलेसम्म नथालिएका कार्यक्रम अब नथाल्ने भएको छ । अब योजना थालेर त्यसको परिणाम आउँदैन । नयाँ परियोजना थालनी नगर्नुका कारण बताउँदै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल भन्नुहुन्छ – नसकिने योजना थाल्नु भनेको पैसा खर्च गर्नु मात्र हो । महानगरले यस अघि थालेका पूर्वाधारका काम सक्ने दिशामा हामी अघि बढेका छौं । ती योजनामा कुनै समस्या छन् भने कारण खोजेर त्यसलाई रिभाइज्ड र सिम्प्लिफाइ गर्छौ । ती योजनालाई असार मसान्तभित्र सक्छौं र नयाँ योजना साउनपछि थालनी गर्छौ । 

महामारी नियन्त्रण गर्नु अहिलेको प्राथमिक काम हो । यसबाहेक लकडाउनपछिको जीवन सहज बनाउने कार्ययोजना तयार पार्न, आगामी आर्थिक बर्षका लागि बजेट तथा कार्यक्रम तयार पार्न बिभागलाई भनेको छु । प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो — काममा परिणाम नआउनुमा केही नीतिगत समस्या पनि छन् । काम गर्ने प्रक्रियालाई असजिलो बनाउने कानुनी प्रबन्ध संशोधन गरेर भए पनि परिणाममुलक काम गर्छौ । महानगरले अपनाएको बाटो अन्य स्थानीय तहलाई पनि सिकाइ बनोस् भन्ने मेरो चाहना हो, उहाँले भन्नुभयो । 

बिगतमा महानगरले सम्पन्न गरेका कामको समीक्षा गर्दै आगामी कार्ययोजना तयार पार्न बैशाख २९ गते प्रमुख प्रशासकीय अधिकृत अर्यालको अध्यक्षतामा बसेको बिभागीय प्रमुखहरुको बैठकले बसेको थियो । त्यस बैठकले चालु आर्थिक बर्षका लागि स्वीकृत भएका तर प्रक्रिया नथालिएका कुनै पनि पूर्वाधारका काम नथाल्ने निर्णय गरेको छ । 

बैठकले कर्मचारी व्यवस्थापन र वृत्ति विकासका लागि कर्मचारी सेवा ऐन मस्यौदा तयार गर्न प्रशासन बिभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा निर्देशकहरु दिपक अधिकारी, बसन्त आचार्य र रामबहादुर थापा हुनुहुन्छ भने सदस्य सचिवमा उपनिर्देशक बखतबहादुर साउद हुनुहुन्छ । कार्यदलको समय १५ दिन तोकिएको छ । त्यसै गरी महानगरलाई आवश्यक पर्ने ऐन, नियम, निर्देशिका, कार्यबिधि र मापदण्ड तर्जुमा गर्न र विगतमा जारी गरिएका स्थानीय कानुनहरुको सामयिक संशोधनको मस्यौदा तयार पार्न निर्देशक बसन्त आचार्यको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा उपनिर्देशक गोपाल पाखरेल र सदस्य सचिवमा कानुन अधिकृत देवी तिमिल्सिना हुनुहुन्छ । कार्यदललाई १ महिनाको समय दिइएको छ । 

कर्मचारीको व्यक्तिगत विवरण (पिआइएस) लाई कम्प्युटर सफ्टवेयर प्रणालीमा राख्न मानव संसाधन महाशाखा र प्रबिधि महाशाखालाई जिम्मेवारी तोकिएको छ । यस्तै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाएर बित्तिय अनुशासन कायम गराउने, कर्मचारीको आचार संहिता पालना गर्ने गराउने निर्णय भएको छ । 

 

नतिजामुलक कार्य सम्पादनका लागि भ्रष्टाचार शुन्य सहनशीलता अपनाउने, पदसोपान र कार्यविवरणबमोजिम काम गर्ने, गराउने भएको नभएको सूचकका आधारमा कार्य सम्पादन मुल्याङ्न गरिने बैठकले गरेको अर्को महत्वपूर्ण निर्णय हो ।