५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट

गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट
Tires are set on fire to block a road during a protest demanding the immediate release of hostages held by Hamas and calling for the Israeli government to reverse its decision to take over Gaza City and other areas in the Gaza Strip, near Jerusalem, Israel, Sunday, Aug. 17, 2025. (AP Photo/Ohad Zwigenberg)
अ+ अ-

एजेन्सी । गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौँ हजारले भाग लिएको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले सडक, चोक, सैन्य मुख्यालय र नेताहरूको घर अगाडि अवरोध गरेका थिए । प्रहरीले ३८ जनालाई पक्राउ गरेको बताइएको छ ।

प्रदर्शनकारीहरूले गाजाबाट आएका कुपोषणग्रस्त बालबालिकाका तस्बिरहरू देखाउँदै युद्धले आम नागरिकलाई पारिरहेको पीडाबारे आक्रोश पोखेका थिए । अहिले गाजामा दुई सय ५० भन्दा बढी मानिस भोकमरी वा कुपोषणका कारण मृत्यु भएको छ ।

गाजामा बाँकी ५० बन्धकमध्ये करिब २० जना मात्र जीवित रहेको विश्वास छ । बन्धकका परिवारहरूले सरकार र हमास दुवैलाई दोष दिएका छन् ।

पूर्व सैनिक र गुप्तचर अधिकारीहरूले पनि युद्ध अन्त्य गर्न सम्झौताको आवश्यकता औँल्याएका छन् । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘हमासलाई पराजित नगरेसम्म युद्ध रोक्ने आह्वानले बन्धक मुक्तिलाई ढिलाइ गर्छ र अर्को आक्रमण सुनिश्चित गर्छ’ भन्दै सम्झौतामा आपत्ति जनाइरहनुभएको छ ।

यसअघि केही बन्धक मुक्त गर्ने युद्धविराममा सहमति भएपछि नेतान्याहुको सरकार ढाल्ने धम्की आएको थियो । अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रदर्शनलाई ‘हमासको हातमा खेल्ने अभियान’ भन्नुभएको छ ।

यसैबीच, इजरायली सेनाले गाजामा कम्तीमा १७ जना सहायता खोज्ने नागरिकलाई मारेको अस्पतालहरूले बताएका छन् । उनीहरू संयुक्त राष्ट्रसङ्घका ट्रकको पर्खाइमा थिए । प्रत्यक्षदर्शीहरूले सेनाले भीडतर्फ गोली चलाएको बताएका छन् । मध्य गाजाको बुरेज शिविरमा आक्रमण हुँदा थप तीन जना मारिएको खबर आएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि ६१ हजार नौ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तीमध्ये आधा महिला र बालबालिका छन् ।

आइतबार मात्रै कुपोषणका कारण दुई बालबालिका र पाँच वयस्कको मृत्यु भएको मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा भोकमरी सबैभन्दा उच्च स्तरमा पुगेको चेतावनी दिएको छ ।

अब इजरायली सेना गाजा सहर, मुवासी र अन्य भीडभाड क्षेत्रहरूमा नयाँ आक्रमण गर्न तयारीमा रहेको बताइएको छ । सेनाले मानिसहरूलाई दक्षिणतर्फ सार्ने योजना बनाए पनि ‘सुरक्षित क्षेत्र’ भनिएका ठाउँहरूमा पनि बम प्रहार भएको छ । धेरै प्यालेस्टिनीले ‘गाजामा कतै सुरक्षित नभएको’ भन्दै आफ्नो स्थान नछोड्ने अडान लिएका छन् ।

यसैबीच, इजरायलले यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि हवाई आक्रमण गरेको छ । आक्रमणमा राजधानी सानााको पावर प्लान्ट क्षतिग्रस्त भएको छ । इजरायलले आफ्नो भूमिमा लक्षित क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफमा हमला गरिएको बताएको छ । हुथीहरूले भने बेन गुरियन विमानस्थल लक्षित गरेको दाबी गरेका छन् ।