२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको भारत भ्रमणको औपचारिक निमन्त्रण



अ+ अ-

काठमाडौं। भारतीय विदेशसचिव विक्रम मिश्री शनिबार बिहान काठमाडौं आइपुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट आएको सो निमन्त्रणपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरेका छन्, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली यही भदौ ३१ गते भारत भ्रमणमा प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। विदेशसचिव मिश्री विशेष रूपमा यही निमन्त्रण पत्र हस्तान्तरण गर्न नेपाल आएका हुन्।