९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना गुनासो वाणिज्य विभागमा !



अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालन गर्दै आएको टोल फ्री नम्बर ११३७ मा लकडाउनका समयमा दैनिक तीन सयभन्दा धेरै गुनासो आउने गरेकामा हाल  कमी आएको छ । काठमाडौँ उपत्यका र अन्य जिल्लाबाट उपभोक्ताको गुनासो आउने गरेकामा पछिल्लो केही दिनयता दैनिक १० देखि १५  सम्म गुनासो आउने गरेको विभागका अधिकारी बताउँछन् । खाद्यदेखि स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आउने विभागको टोल फ्री नम्बरमा आजकल कोरोना परीक्षणसम्बन्धी गुनासो आउने गरेको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्य केही दिनयता गुनासो आउने क्रममा कमी आएको बताउनुहुन्छ । “पहिला हामीलाई भ्याइनभ्याइ हुन्थ्यो, आजकल दैनिक छिटफुट मात्र गुनासो आउने गरेका छन्”, उहाँले भन्नुभयो, “पहिला ग्यास अभावदेखि खाद्यपदार्थमा बढी मूल्य लिएको भन्दै कारवाही गर्न गुनासो दर्ता हुनेगरेको थियो  तर आजकल हेलो सरकारमा गरेको गुनासोको सुनुवाइ भएन, कोरोनाको परीक्षण कता गरिन्छ भन्ने गुनासो आउन थालेका छन् ।”

लकडाउन समयमा खाद्य पदार्थमा बढी मूल्य लिने उजूरी बढी आउन थालेपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । उपभोक्ताको गुनासोलाई आधार बनाएर विभागले अनुगमन गरी कारवाहीस्वरुप जरिवाना गर्दै आएको छ । उहाँका अनुसार गुनासा बाहिरी जिल्लाबाट पनि आउने भएको हुँदा त्यसका लागि सम्बधित स्थानीय तहलाई नै जानकारी दिने र काठमाडौँ उपत्यकाका हकमा विभागले नै सुनुवाइ गर्दै आएको छ ।

पछिल्लो समय विभागले आफ्नो नियमित अनुगमनभन्दा पनि टोल फ्री नम्बरमा उपभोक्ताबाट आएका गुनासोका आधारमा अनुगमनलाई तीव्रता दिएको छ । जो कोहीलाई पनि सामग्री खरीद गर्दा समस्या भए वा अन्य कसैलाई ठगी गरेको जानकारी भएमा टोल फ्री नम्बरमा खबर गर्न  विभागले उपभोक्तालाई आग्रह गरेको छ । विगतमा चाडबाडका समयमा मात्रै अनुगमन गर्दै आएको विभागले अहिले यसलाई नियमित गरिरहेको छ ।

हाल स्वास्थ्य क्षेत्रमा बढी अनियमितता भएको भन्दै स्वास्थ्यकर्मीका साथमा विभागले अस्पताललगायतमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

विभागले गत चैत १४ गते बेलुकादेखि सञ्चालनमा ल्याएको गुनासो सुनुवाइसम्बन्धी उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली ९सिआरएमआइएस० तथा कन्जुमर एपमा गत वैशाख मसान्तसम्म एक हजार ५६  गुनासो दर्ता भएका छन् ।

सूचना अधिकारी आचार्यका अनुसार सबै गुनासोको सम्बोधन गरिसकिएको छ । विभागको तथ्यांकानुसार उक्त एप सञ्चालनमा आएपछि अनियमिततासम्बन्धी ११, खाद्य सामग्रीको अभाव १२०, ग्यास अभाव ४९५, इन्टरनेट ढिलोबारे २२, मास्कको कालोबजारी ११, सरसामानको अभाव ६४, ग्यास कालो बजारी १० र बढी मूल्यमा सामान बिक्री गरेको १०८ र अन्यसम्बन्धी गुनासो २१५ आएको छ ।