२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलास्कामा ट्रम्प र पुटिनबीच किन जुटेन सहमति ? के-के भयो ? (फोटो फिचरसहित)



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ऐतिहासिक वार्ता सम्पन्न भएको छ । रुस–युक्रेन युद्ध अन्त्यको पहलका लागि दुई नेताबीच वार्ता भएको हो । वार्ता सकारात्मक भए पनि कुनै सहमति भने जुटेको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी राष्ट्रपति पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको बताएका छन् । वार्ता उपलब्धिमूलक भएको बताए पनि वार्तामा कुनै सम्झौता नभएको उनको भनाइ छ ।

अलास्कामा तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमारुसी राष्ट्रपति पुटिनले आफू युद्ध अन्त्यका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । त्यसबाहेक उनले थप कुरा बताएका छैनन् ।

पुटिनले यो युद्धको मूल कारणको पहिचान हुनु आवश्यक रहेको बताएका छन् । उनले आफू युद्ध अन्त्यका लागि सचेत रहे पनि युक्रेन र युरोपेली देशदेशलाई यो प्रक्रिया नबिथोल्न चेतावनी दिएका छन् ।

उनले शान्ति स्थापनाका लागि सुरुवाती बिन्दुको रूपमा यो बैठक रहने बताए । ट्रम्पले धेरै कुरामा एक आपसमा सहमति भए पनि केही कुरा मिल्न बाँकी रहेको बताए । तर, उनले यसलाई बुँदागत रूपमा भन्न चाहेनन् ।

ट्रम्पले यस विषयमा जेलेन्स्की र युरोपेली नेतालाई जानकारी गराउने बताए । उनले रुसी समकक्षीलाई फेरि भेट्ने आशा गरेका छन् । त्यो भेट मस्कोमा हुनसक्ने छ ।

पुटिनको नेतृत्वमा रूसी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री सेर्गेइ लाभरोभ, रक्षा मन्त्री आन्द्रेइ बेलोउसभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, क्रेमलिन सल्लाहकार युरी उशाकोभ, र राष्ट्रपति आर्थिक दूत किरिल दिमित्रिएभ रहेका थिए । जसले युक्रेन युद्ध समाधान प्रक्रियामा प्रमुख भूमिका खेलेका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार, अमेरिकी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री मार्को रुबियो, सीआईए निर्देशक जोन राटक्लिफ, युक्रेन र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ, अर्थमन्त्री स्कट बेसन्ट, र वाणिज्य मन्त्री हावर्ड लुटनिक छन् ।

यसअघि अलास्कामा वार्ता गर्न पुगेका रुसी राष्ट्रपति पुटिनलाई अमेरिकी राष्ट्रपति ट्रम्पले अलास्काको विमानस्थलस्थित रनवेमै पुगेर स्वागत गरेका थिए ।

ट्रम्प एयर फोर्स वनमार्फत पुटिनभन्दा केही समयअघि बेसमा पुगेका थिए । रेड कार्पेटको अन्त्यमा ‘अलास्का २०२५’ लेखिएको ठूलो बोर्ड राखिएको थियो । रेड कार्पेटको दुवैतर्फ चारवटा अमेरिकी लडाकु विमान पार्क गरिएको थियो ।

पुटिन योसहित आठौँ पटक अमेरिका पुगेका हुन् । तर यसपटक उनी करिब एक दशकपछि अमेरिका भ्रमणमा गएका हुन् । उनी अन्तिम पटक सन् २०१५ मा अमेरिकामा आएका थिए । त्यसबेला उनले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर तत्कालीन राष्ट्रपति बाराक ओबामासँग वार्ता गरेका थिए ।

फोटोहरु : एपी