५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

एकीकृत समाजवादीद्वारा पूर्णप्रेस स्वतन्त्रता कायम गर्न माग

एकीकृत समाजवादीद्वारा पूर्णप्रेस स्वतन्त्रता कायम गर्न माग
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले मिडिया काउन्सिल विधेयकमा पूर्णप्रेस स्वतन्त्रताका साथै मौलिक हकहितको अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्न माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले संविधानप्रदत्त अधिकार कुण्ठित गर्न खोजिएकाले उक्त विधेयक संशोधन गर्नुपर्ने माग गरेको हो ।

बैठकले निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने, वन क्षेत्रबाट छुटाउने, जथाभावी वितरण गर्नेगरी सरकारले अगाडि बढाएको भूमि विधेयक तत्काल खारेज गरी सुकुम्बासी, भूमिहीनहरूले जग्गा पाउनुपर्ने गरी ल्याउन आग्रह गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षकसँग गरिएको सहमति कार्यान्वयन गर्नेगरी सामुदायिक विद्यालय शिक्षा विधेयक ल्याउन माग गर्दै बैठकले किसानको मागअनुसार मल आपूर्ति व्यवस्थापन सहज बनाउन तथा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग पनि गरेको छ ।

पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीका कार्यप्रगतिको समीक्षा गरेको बैठकले वरिष्ठ नेता वामदेव गौतमलाई तेस्रो वरियताक्रमको जिम्मेवारी प्रदान गरेको, तीन जना पोलिटब्यूरो तथा नौ जना केन्द्रीय सदस्य मनोनित गरेको अर्यालले जानकारी दिनुभयो ।

समाजवादी मोर्चाले गरेका कामको प्रभावकारिताको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानलगायत विषयमा आजको बैठकमा छलफल भएको बताउँदै उहाँले पार्टीको आगामी रणनीतिका विषयमा समीक्षा भएको उल्लेख गर्नुभयो ।  रासस