२१ मंसिर २०८२, आईतवार
,
Latest
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

चियाको चुस्की लिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी – फोटो फिचर



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेबी भण्डारी शुक्रबार साँझ शंखमुलमा रहेको चियादानीमा पुगेर चियाको चुस्कि लिनुभयो ।

युवा उद्यमीहरुले संञ्चालनमा ल्याएको चियादानी युवा पुस्ताको जमघट हुने गज्जबको थलो बनेको छ । सोही थलोमा पूर्वराष्ट्रपति भण्डारी पुगेर चियाको स्वादसंगै युवाहरूको जोश, सिर्जनात्मक सोचका बारेमा जानकारी लिनुभयो ।

साथै  उपस्थित चिया पारखीहरुको र तीखा प्रश्नहरू र उत्तर सहित अन्तरक्रिया गर्नुभयो ।

चियादानी बाट फर्केपछि उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ

वाह! ‘चियादानी’ मा आजको साँझ ऊर्जा र विचारले भरिपूर्ण रह्यो!

​युवाहरूको जोश, उनीहरूका सिर्जनात्मक सोच र तीखा प्रश्नहरूले कार्यक्रमलाई जीवन्त बनायो। उद्यम र राजनीतिमा भएका सार्थक बहसहरूले हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरेको छ।

​यति ठूलो संख्यामा उपस्थित भएर हामीलाई साथ दिनुहुने सबैलाई विशेष आभार!

चियादानीका संचालक केपी खनालले भन्नुभयो ‘युवा उद्यमीहरुको प्रोत्साहनको लागी सामान्य चियापसलमा देशको प्रमुख कार्यभार सम्हाल्नुभएका पुर्व राष्ट्रपति आएर देशमै युवा , देशकै चिज प्रयोग गर्न उत्साह गर्नुभएकोमा आभारी छौं ।’