२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रवलीकरण गर्न सकिने



अ+ अ-

काठमाडौँ। जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रवलीकरण सम्बन्धमा विस्तृत क्षति आकलन गरिएको छ । आकलन गरिएका ७७ हजार ८५२ घरमध्ये चार प्रतिशत अर्थात् तीन हजार ३३९ घर प्रवलीकरण गर्न सकिने वर्गमा परेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रवलीकरण सम्बन्धमा जाजरकोट र रुकुमपश्चिमका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विषय विज्ञहरूसहित सरोकारवालासँग आज काठमाडौँमा छलफल भएको थियो ।

निजी आवासका विस्तृत क्षति आकलनबाट प्राप्त तथ्याङ्कका आधारमा प्रवलीकरणको प्राविधिक पक्षका बारेमा छलफल गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा विज्ञहरू प्रा जीवराज पोखरेल, डा प्रेमनाथ मास्के, डा रमेश गुरागाईँ, डा हरिराम पराजुली, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक क्षितिजचरण श्रेष्ठले ढुङ्गा माटोका घरहरूको प्रवलीकरण गर्ने विधि एवं नेपालमा प्रवलीकरणको अनुभवबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन)का उपनिर्देशक अविनाश श्रीवास्तवले प्रवलीकरणका विद्यमान नीति तथा कार्यविधिबारे जानकारी दिनुभयो ।

त्यसैगरी, जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विस्तृत क्षति आकलनमा छुटेकाहरूलाई पनि समावेश गर्नुपर्ने सुझाव दिनुभएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव ई अर्जुनकुमार बमले विस्तृत क्षति आकलनका नतिजाका बारेमा जानकारी दिनुभएको थियो । रासस