५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल
अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको छ ।

मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरी काठमाडौँ फर्किनुभएका भारत सरकारका विज्ञ टोलीसँग आज मन्त्रालयमा गहन छलफल भएको हो ।

उक्त टोलीले तराई-मधेस क्षेत्रमा खानेपानीको वर्तमान अवस्था, विद्यमान समस्य, तत्कालीन र दीर्घकालीन समाधानका लागि भइरहेका कार्यलगायत पक्ष समेटेर तयार पारिएको प्रतिवेदनबारे जानकारी गराउनुभएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “टोली यहीँ साउन २७ गतेदेखि तराई-मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत अनुगमन गरी फर्किएको छ । टोलीले प्रतिवेदन तयार गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।”

विज्ञ टोलीसँग आज पनि मधेस प्रदेशको खानेपानी सङ्कट र त्यसको स्थायी समाधानका विषयमा गहन र सार्थक छलफल भएका बताउँदै छलफलबाट प्राप्त निष्कर्ष र विज्ञ टोलीको सुझावका आधारमा सरकारले आवश्यक कार्य अघि बढाउने मन्त्री यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको सङ्कट समाधानका लागि पुर्‍याइएको सहयोगका लागि भारत सरकारप्रति विशेष आभारसहित विज्ञ टोलीको महत्त्वपूर्ण प्रयासका लागि हार्दिक धन्यवाद व्यक्त गदछौँ ।” प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा तराई-मधेसमा दीर्घकालीन खानेपानी समाधानका लागि ठोस योजना र सहमति होस् भन्ने दृढ अपेक्षा रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले केही महिनाअघि भारत सरकारको जलशक्ति मन्त्रालयसँग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको स्मरण गर्दै उक्त सहकार्यले नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मधेस प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी गराउनुभयो ।

छलफलका क्रममा भारतीय विज्ञ टोलीका प्रतिनिधि एवं देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राईले तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर आफूहरूले स्थलगत रूपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो टोली तराई–मधेसका सङ्कटग्रस्त क्षेत्रमा पुगेर फर्किएको छ । खानेपानीसम्बन्धी समस्या र समाधानका विषयमा हामी प्रतिवेदन तयार गर्दैछौँ ।”

आजको बैठकमा मन्त्रालयका सचिव एवं इञ्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव एवं इञ्जिनीयर मीना श्रेष्ठ, इञ्जिनीयर कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक उपमहानिर्देशक नारायणप्रसाद आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।

भारतीय टोलीमा देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनउ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डेलगायतको सहभागिता थियो । रासस