१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान शुरु गरौँः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान शुरु गर्न जरुरी रहेको बताउनुभएको छ ।

मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले ‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान शुरु गर्न जरुरी रहेको बताउनुभएको हो ।

उहाँले अब बोल्ड निर्णय लिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । कसले के भन्छ भनेर बसेर अब नहुने उहाँको भनाइ छ । कृषि क्षेत्र छिटो परिवर्तन ल्याउने क्षेत्र भएकाले भैँसी पालनतर्फ किसानलाई अघि बढाउन जरुरी रहेको बताउनु भयो । वागमती, कोशी, मधेस र लुम्बिनी प्रदेशमा मा भैँसी पालनको अभियान चलाउन जरुरी रहेको बताउनु भयो । अब राँगाको मासु चीन विक्री गर्नेतर्फ सरकार लागिरहेकाले भैँसी किनेर किसानलाई दिनुपर्ने र त्यसबाट दुग्धजन्य सामग्रीहरु पनि बढ्ने र यसमा नेपाल आत्मनिर्भर बन्नसक्ने बताउनु भयो । यसले रोजगारी सिर्जना गर्नुका साथै स्वदेशमै युवा जनशक्ति राख्न सकिने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले बोल्ड स्टेप लिनुपर्छ । कसले के भन्छ भनेर त्यसरी हुँदैन । बोल्ड स्टेप लिएर हामी अघि बढ्नुपर्छ । अब के गर्नुपर्छ भने कृषि क्षेत्र भनेको छिटो परिवर्तन ल्याउने क्षेत्र हो । तसर्थ राँगाको मासु लैजाने भन्नेछ चीनमा । भैँसीका पाडी किनेर किसानलाई दिउँ न । लगानी त्यसमा गरौँ । भैँसीका पाडी किनौँ पाल्न दिऔँ । पाडा पाए पनि पाडी पाएपनि केही फरक परेन । वागमती, कोशी, मधेस र लुम्बिनीमा भैँसी पालनको अभियान चलाऔँ । डेरी प्रोडक्ट पनि बढ्छ । मासु पनि विक्री हुन्छ । लाख किसानलाई १० वटा भैँसीका दरले पाल्न लगायौँ भने बल्ल १० लाख भैँसी पालियो भने हुन्छ । यो अभियान हामीले चलाऔँ । १ किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन । अभियान चलाऔँ त । केही पनि गरेन भने केही हुँदैन । देश विकास गर्ने हो ।’

प्रधानमन्त्री ओलीले मौलिक योजना बनाएर मौलिक ढंगले काम अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।