९ आश्विन २०८१, बुधबार
,
Latest
जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा थप कडाई गर्न उच्चस्तरीय समितिकाे सिफारिस



अ+ अ-

काठमाडाैंः कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाई गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको समितिकाे बैठकले जेठ ५ गतेपछि लकडाउन थप कडाई गर्न सरकारलाई सिफारिस गरेको हो । लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाई गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताउनुभयो ।

बजेट छुट्याएरै भएपनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टिनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

उहाँले भन्नुभयो, ‘‘संक्रमित संख्या बढ्दो छ । दुई जनाको दुःखद निधन भएको खबर पनि आएका छन् । लकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ । लकडाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टिनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ ।’’

बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ ।