२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यसपालि त मनै फाट्यो’ गीतका रचनाकारबारेको त्रुटि पाठ्यक्रमले सच्यायो



अ+ अ-

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा रहेको गीतसम्बन्धी एउटा त्रुटी सच्चाएको छ । सामाजिक सञ्जालमा तीव्र विरोध र आलोचना भएपछि पाठ्यक्रम विकास केन्द्रले त्रुटि सच्याइएको हो ।

चर्चित गीत ‘यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने’ को रचनाकारको नाममा रहेको त्रुटी सच्याइएको हो । केन्द्रले बुधबार एक सूचना जारी गर्दै सो गीतका रचनाकार अम्बर गुरुङ नभई राजेन्द्र थापा भएको बताएको हो ।

केन्द्रले सच्याइएअनुसारकै विवरणका आधारमा शिक्षण–सिकाइ क्रियाकलाप गर्न/गराउनसमेत सम्पूर्ण शिक्षण संस्थाहरूलाई आग्रह गरेको छ ।

कक्षा ९ को अनिवार्य नेपाली विषयअन्तर्गत पाठ ५ को पृष्ठ ५४ मा रहेको ‘बोध र अभिव्यक्ति’ खण्डको अभ्यास १३ मा उक्त गीतको रचनाकार अम्बर गुरुङ भनेर उल्लेख थियो ।

यसअघि पाठ्यपुस्तकमा सोही गलत विवरणका आधारमा पठनपाठन हुँदै आएको थियो । सामाजिक संजालमा यो त्रुटीको लामो समयदेखि विरोध हुँदै आएको थियो ।