काठमाडौं: नेपाल सरकार (मन्त्रिपरिषद्) को यही साउन २६ गतेको निर्णय अनुसार ७२ जना सहसचिवको विभिन्न स्थानमा सरुवा, काज र कामकाजमा खटाएको छ ।
विवरण अनुसार, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएका रुद्र प्रसाद लामिछानेलाई थारु आयोगमा सरुवा गरिएको छ । यस्तै, सहसचिवहरु हेमराज सुवेदीलाई स्वास्थ्य मन्त्रालय, निता
पोख्रेल अर्याललाई स्वास्थ्य मन्त्रालय, भूपेन्द्र थापालाई उद्योग वाणिज्य मन्त्रालय, प्रदीप कुमार कोइरालालाई राष्ट्रपतिको कार्यालय, श्रीराम ठाकुरलाई अख्तियारमा सरुवा गरिएको छ ।
अन्य सहसचिवहरुको विवरण यसैसाथ संलग्न छ ।
















