२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश



अ+ अ-

काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई ३० हजार धरौटीमा रिहा गर्न आदेश भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् ।

चक्रे मिलन गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलमा जन्मदिन मनाइरहेका बेला पक्राउ परेका थिए ।

अदालतले चक्रेसँगै पक्राउ परेका राजेश खड्का ‘रोजेश’ लाई ३० हजार, गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र ऋतिक लामालाई २० हजारमा रिहा गर्न आदेश गरेको छ ।

यस्तै, नीराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई जनही १० हजार धरौटी माग गरिएको छ ।