काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई ३० हजार धरौटीमा रिहा गर्न आदेश भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् ।
चक्रे मिलन गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलमा जन्मदिन मनाइरहेका बेला पक्राउ परेका थिए ।
अदालतले चक्रेसँगै पक्राउ परेका राजेश खड्का ‘रोजेश’ लाई ३० हजार, गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र ऋतिक लामालाई २० हजारमा रिहा गर्न आदेश गरेको छ ।
यस्तै, नीराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई जनही १० हजार धरौटी माग गरिएको छ ।










