१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दफावार छलफलका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरु¬ङले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आव २०८०÷०८१’ पेस गर्नुभयो ।

बैठकले पूर्वराज्यमन्त्री खड्गबहादुर वस्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ नेपाली कांग्रेस पार्टीबाट विसं २०६४ र २०७० को संविधानसभा सदस्य हुनुहुन्थ्यो । प्रजातन्त्र र लोकतन्त्र स्थापना एवं संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका बस्यालको यही साउन २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते बुधबार अपराह्न १ बजे बस्नेछ । रासस