६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रासयनिक मलको प्रभावकारी वितरणका लागि ठोस प्रश्तावसहित तीन दिनभित्र उपस्थित हुन प्रधानमन्त्रीको निर्देशन

रासयनिक मलको प्रभावकारी वितरणका लागि ठोस प्रश्तावसहित तीन दिनभित्र उपस्थित हुन प्रधानमन्त्रीको निर्देशन
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र रासयनिक मलको प्रभावकारी वितरणको ठोस प्रश्तावसहित उपस्थित हुन कृषि, तथा पशुपंक्षी विकासमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

रासयनिक मलको अभाव भएको गुनासोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मंगलवार कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गर्नुभएको हो ।

रासयनिक मलको उपलब्धता, आपूर्तिको विषय गहन छलफल भएको बताउनु भयो । यथेष्ठ मात्रामा जति रासयनिक मल हुनुपर्ने थियो, त्यो किन हुन सकेन ? भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उद्योग,  वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यथेष्ठ मात्रामा मल उपलब्ध नभएको र प्रभावकारी वितरण किन हुन नसकेको सो अब प्रभावकारी वितरण गर्ने ठोस प्रश्तावसहित उपस्थित हुन तीन दिनको समय दिनुभएको जानकारी दिनुभयो ।  उहाँले रासयनिक मल अहिले पनि उपलब्ध रहेको र आयात पनि भइरहेको बताउनु भयो । वितरण प्रभावकारी हुन नसेककोबारे प्रधानमन्त्रीको चासो छ ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युको उपस्थितिमा कृषि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अहिलेको रासयनिक मलको उपलब्धता, आपूर्तिको विषयलाई लिएर छलफल भएको छ । यथेष्ठ मात्रामा जति रासयनिक मल हुनुपर्ने थियो, त्यो किन हुन सकेन ? भनेर प्रधानमन्त्रीज्युले गम्भीरतापूर्वक चासो राख्नुभएको छ । यद्यपि अहिले पनि रासयनिक मल उपलब्ध छ । आयात पनि भइरहेको छ । त्यसलाई वितरण जसरी हुनुपर्ने हो त्यसरी हुन सकेन । समग्र विषयलाई तीन दिनभित्र ठोस प्रश्तावसहित आउन कृषि मन्त्रालयलाई निर्देश भएको छ । नेपालमा मल कारखानाका लागि आवश्यक तयारीका लागि उद्योग मन्त्रालयलाई निर्देश भएको छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा मल कारखानाका लागि आवश्यक तयारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको पनि मन्त्री भण्डारीले बताउनु भयो ।