४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रमका विपक्षमा विचार राखेर प्रतिपक्षले धर्म निर्वाह गर्यो : नेता शर्मा



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल रहेको बताउनुभएको छ ।  

राष्ट्रियसभाको मंगलबारको बैठकमा धारणा राख्दै उहाँले राष्ट्रिय आवश्यकता ,सोचाईको धरातल र उचाईका आधारमा सरकारको नीति तथा कार्यक्रम केही ठूलो र विस्तृत भएको बताउनुभयो । सरकारको सोचको उचाई अनुसार नीति तथा कार्यक्रम पनि ठूलो भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले लोकतान्त्रिक मुल्य मान्यताको वस्तुगत धरातल, वर्तमान आवश्यकतालाई संम्बोधन, समाजवाद उन्मुख, राष्ट्रिय हित, राष्ट्रिय स्वभिमान र सार्वभौमसत्तालाई आत्मसाथ गरेकाले नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल भएको दाबी गर्नुभयो । उहाँले बुँदा नम्बर २६९ मा उल्लेख गरिएको प्रतिवद्धता अनुसार सरकारले सोमबार नया नक्सा जारी गर्ने निर्णय गरेर  नीति तथा कार्यक्रममा उल्लेखित प्रतिवद्धता सम्बोधन गरेको भन्दै उहाँले सरकारको बचाउ गर्नुभयो । लोकतन्त्र दर्शन र सिद्धान्त मात्रै नभई जीवन व्यवहार भएकाले नीति तथा कार्यक्रमले जीवन व्यवहारलाई सम्बोधन गरेको दाबी उहाँले गर्नुभयो । बुँदा नम्बर २७३/२७४ मा सरकारले प्रतिवद्धता जनाएका विषय कार्यान्वय गर्ने राष्ट्रिय संकल्प गरेको भन्दै उहाँले सरकारले कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने र महामारीबाट प्रभावित सामाजिक आर्थिक क्षेत्रहरुलाई पुनर्जीवन दिई विकास निर्माणलाई तिब्रता दिने विश्वास दिलाउनुभयो ।

उहाँले सरकारको नीति तथा कार्यक्रमका विपक्षमा विचार राखेर प्रतिपक्षले धर्म निर्वाह गरेको टिप्पणी पनि गर्नुभयो । नीति तथा कार्यक्रमलाई पुर्नलेखन गर्नुपर्छ भन्नु निषेधको राजनीति भएकाले त्यसो गर्नु उपयुक्त नहुने भन्दै प्रतिपक्षी दललाई संशोधन प्रस्ताव फिर्ता लिन पनि आग्रह गर्नुभयो ।




भर्खरै