१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिका सभापति रामहरिले दिए राजीनामा



अ+ अ-

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकबाट खतिवडाले राजीनामा घोषणा गर्नुभएको हो ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उहाँले राजीनामा दिनु भएको हो ।

राजीनामा घोषणा गर्दे उहाँले भन्नुभयो ‘ प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

तस्बिर: प्रदीपराज वन्त,रासस