२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको आरोप: सरकारले न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने काम गरिरहेको छ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफू अनुकुल कानून बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने गरिरहेको आरोप लगाउँदै आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । सरकार स्वयंको कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको उहाँको टिप्पणी छ ।

उहाँले भिजिट प्रकरणदेखि पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका संसद र सरकार उदासिन रहेको आरोप पनि लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई हाउ डेमोक्रेसी इज डाई भन्ने किताव पढ्न र आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामको मूल्याङ्कन गर्न आग्रह समेत गर्नुभयो । सांसद खनालले सुशासन सुनिश्चित गर्न र ‘भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहनुपर्ने आफ्नो पार्टीको माग रहेको दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले भिजट भिसा प्रकरणको स्वतन्त्र छानविनको ाग गर्दा लिचिबारीको अडियो टेप आयो, पासपोर्ट छपाईमा भागबण्डा भएको खबर बाहिरियो र कुलिङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा आयो र पनि संसद मौन छ । र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको छ । केही दिनअघि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै पनि घुस लिइरहेको सूचना प्रहरी कहाँ पुग्छ । तर गृहमन्त्रीलाई अफ्ठ्यारो पर्छ भनेर छानविन अगाडि बढ्दैन । लोकतन्त्र मास्न खोज्नेहरु आफ्नो अनुकुल कानून बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन । कार्यकारी अधिकार बलियो बनाएर मिडियामाथि नियन्त्रण गर्न खोज्छन् । र पनि प्रधानमन्त्रीज्यु भन्नुहुन्छ व्यवस्थाविरोधी शक्तिहरु संसद अवरुद्ध गरिराखेका छन् । प्रधानमन्त्रीलाई मेरो आग्रह छ, हाउ डेमोक्रेसी इज डाई भन्ने किताव पढ्नुहोस् । र अनि आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामहरुसँग मूल्याङ्कन गर्नुहोला । हामी सुशासन होस्, भ्रष्टाचारी मन्त्रीहरु पदमा नरहुन् भन्ने चाहान्छौं, तपाई के चाहनुहुन्छ ?’

उहाँले आफूहरु मुलुकमा सुशासन कायम होस् भन्ने चाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले के चाहेको हो ? भन्दै प्रश्न गर्नुभयो ।