१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्रको ४० प्रतिशत जनमतलाई पाखा राखेर पार्टी चल्दैनः महामन्त्री थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको शक्तिलाई पाखा राखेर पार्टी नचल्ने बताएका छन् । 

काठमाडौँ अनामनगरस्थित बसेरा होटलमा डा.शेखर कोइराला समूहको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

‘सभापतिज्यूको इच्छा आउने चुनावमा पार्टीलाई पहिलो बनाउने होला । पार्टीभित्रको ४० प्रतिशत जनमतलाई पाखा राखेर उहाँको उद्देश्य कसरी पुरा हुन्छ ?’ उनले प्रश्न गरे । 

यस्तै महामन्त्री थापाले राष्ट्रियसभाको निर्वाचनसँगै गठबन्धन बनाएर चुनाव लड्ने कामको अन्त्य हुनुर्ने बताएका छन् । 

उनले अगाडी भने – ‘हामी वडादेखि केन्द्रदेखि एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा छौँ । यो हाम्रो विचारसमूहको बटमलाईन हो ।