२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते



अ+ अ-

सर्लाही। सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् ।

दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका–९, बस्ने ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको हो । सोही घटनामा मोटरसाइकल चालक चौधरीको छोरा ३२ वर्षका दीपक चौधरी र २८ वर्षका रामरूप चौधरी घाइते हुनुभएको छ ।

दुर्घटनामा परेर गम्भिर घाइते हुनुभएकी इनरवतीलाई उपचारका लागि तत्काल चन्द्रनिगाहापुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । पूर्वपश्चिम राजमार्गबाट भरत तालतर्फ जाँदै गर्नुभएका उहाँहरू सवार मोटरसाइकललाई सोही दिशाबाट आँउदै गरेको ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ठक्कर दिने मोटरसाइकलका चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–९, बस्ने २० वर्षीय विशाल महतो र सोही मोटरसाइकलमा सवार भारतको मुजफ्रपुर जिल्लाको मिनापुर ग्राम पञ्चायत १० बस्ने २० वर्षीय प्रेमकुमार भगत घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिनुभयो ।

दुवै जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको छ । रासस