१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको निवेदनमाथि बहस सकियो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहा माग गर्दै दायर गरेको निवेदनमाथिको बहस सकिएको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा मुद्दाको बहस सकिएको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।

आदेश आज नै आउन सक्ने सम्भावना रहेको छ ।

सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै १९ साउनमा रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।

उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न माग गरेका छन् ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुरको इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनी अहिले भैरहवा कारागारमा छन् ।