७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले विदेशमा बसेका गोरखाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पती उपभोग गर्न पाउने अधिकार गुम्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सरकार सचेत रहन आवश्यक रहेको बताउनु भयो । उहाँले नागरिकताको दुरुपयोग बढ्नसक्नेतर्फ संकेत गर्दै  वंशजको नागरिकतालाई लचिलो बनाउन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले ब्रिटिस गोर्खाका छोराछोरीहरु त्यँही पढिरहेका छन् । उनीहरुले उतैको परिचय प्रमाणपत्र लिएका पनि छन् । पछि उनीहरुको आमाबुबा मरेपछि नागरिकता नभएको अवस्थामा नेपालमा रहेको सम्पती खान पाउने अवस्था रहदैन । यो विषयमा गम्भीर रुपमा सोच्नुपर्छ । यो स्वघोषणाको विषयमा पनि समस्या आउन सक्छ । वंशजको नागरिकतामा सरकार लचिलो हुनुहुदैन । तर अंगीकृत नागरिकताका सम्बन्धमा बरु लचिलो हुनसक्छ । यो महिलालाई अफ्ठ्यारो पार्नेगरी कानून आउँदैछ । यसमा सचेत हुन जरुरी छ ।’

उहाँले लैङ्गिक समावेशीकरणको आधारमा नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।