काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदनमा आज पेसीमा तोकिएको छ ।
उक्त निवेदन रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा पेसी तोकिएको हो ।
सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै १९ साउनमा रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।
उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न माग गरेका छन् ।
गत चैत २२ गते उच्च अदालत तुलसीपुरको इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनी अहिले भैरहवा कारागारमा छन् ।










