२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन स्मृति उद्यानमा वृक्षारोपण



अ+ अ-

काठमाडौँ। गाईजात्रा पर्वको अवसरमा आज काठमाडौँको चन्द्रागिरि  नगरपालिकास्थित मदन स्मृति उद्यानमा वृक्षारोपण गरिएको छ ।

क्याम्ब्रिज इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुल तथा कलेजको पहलमा सो उद्यानमा करिब पाँच सय बिरुवा रोपिएको हो ।  जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई ध्यानमा राख्दै सामाजिक र वातावरणीय उत्तरदायित्व निर्वाह गरी वृक्षारोपण गरिएको विद्यालयका संस्थापक प्राचार्य तथा क्याम्पस प्रमुख केशवबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँले उक्त कार्यलाई सामुदायिक सहयोगको उत्तम नमूना भएको बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष केशव लोचन शर्मा, रोटरी क्लब अफ काठमाडौँ कलङ्कीका डा सुलोचना सिग्देल र काठमाडौँ युरेका लियो क्लबका अध्यक्ष निर्मलराज शाहीलगायतको सहभागिता रहेको थियो । वन विभागअन्तर्गतको बीउबिजन प्रयोगशाला, चालनाखेलले बिरुवा उपलब्ध गराउनुभएको हो ।

बिरुवा ढुवानी, औजार तथा अन्य व्यवस्थापन क्याम्ब्रिज स्कुलले गरेको हो । सो कार्यमा चन्द्रागिरी–१३ तथा स्थानीय प्रहरी बीटले समेत सहयोग गरेको थियो ।  रासस