सुर्खेत। बाजुराको बडिमालिका भीरबाट खसेर मृत्यु भएका दुई जनाको शव चार दिनपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ।
मृतकमा गोकर्णेश्वर–५, काठमाडौंका ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डम्बर घोडासैनी रहेका छन्। उनीहरू बडिमालिका मन्दिरमा पूजा गरेर फर्कने क्रममा राति भीरबाट खसेका थिए।
सेनाका पाइलट महासेनानी दीपध्वज खड्काका अनुसार कठिन भू–बनोट, चिप्लो र भिरालो बाटोका कारण शव निकाल्न चार दिन लागेको हो। घोडासैनीको शव आफन्तलाई बुझाएर बर्दिया पठाइएको छ भने ओझाको शव काठमाडौं पठाउने तयारी भइरहेको छ।










