२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा तीजको कार्यक्रम हेरेर फर्केकी बालिका बलात्कृत



अ+ अ-

सुर्खेत । दैलेखमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको कार्यक्रम हेर्न गएकी बालिका बलात्कृत भएकी हुन् ।

पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन् । उनीहरूले १२ वर्षीया बालिकालाई पालैपालो बलात्ककार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिए ।

साउन २२ गते राति तीजको नाच हेरेर एकै उमेरका ४/५ जना किशोरीको समूह घर फर्किदै गर्दा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थाहा पाएपछि किशोरीहरू भागेका थिए । त्यहीमध्येकी एक किशोरी भाग्ने क्रममा लडेपछि उनलाई पालैपालो बलात्कार गरेको पाईएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा दिएको जाहेरीका आधारमा ती युवाहरूलाई पक्राउ गरिएको डिएसपी बरालले जानकारी दिए ।

घटनापश्चात बालिकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।