६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अनाथ बालबालिकाको अविभावकत्व निर्वाह गर्दै जानकी

अनाथ बालबालिकाको अविभावकत्व निर्वाह गर्दै जानकी
अ+ अ-

कैलाली।  गोदावरी नगरपालिका–२ को अत्तरियामा अनाथ तथा टुहुरा बालबालिकाको हेरचाहका लागि भनेर ‘महिला तथा बालबालिका सेभ हाउस’ नामक संस्थाले कार्य गर्दै आएको छ । विसं २०७३ असार ११ गते स्थापना भएसँगै संस्थाले अनाथ तथा टुहुरा बालबालिकाको हेरचाह गर्दै आएको हो ।

संस्थामा रहेका बालबालिकाको अविभावकत्वको जिम्मेवारी गोदावरी–३ चौकीडाँडाकी एकल महिला तथा संस्थाकी अध्यक्ष जानकी मलासीले निर्वाह गर्दै आउनुभएको छ । उहाँका अनुसार सेभ हाउसमा हाल आमाबुबा नभएका तथा विभिन्न परिस्थितिले टुहुरा भएका ३७ जना बालबालिका छन् ।

बालबालिकाको हेरचाहको सम्पूर्ण जिम्मेवारी तिनै जानकीको काँधमा छ । दिनरात नभनीकन बालबालिकाको सेवामा उहाँ खटिनुभएको छ । कसैले पनि दुःख नपाऊन् भन्ने उद्देश्य बोकेर यो अभियानमा लागेको जानकीले बताउनुभयो । उहाँले सुरुमा दुई जना अनाथ बालबालिकाबाट सेभ हाउस सुरु गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरुमा दुईजना अनाथ नानीबाबु लिएर एक जना महिला मकहाँ आउनुभयो, ती नानीबाबुको व्यवस्थापनका लागि यहाँका विभिन्न सङ्घसंस्थामा धाएँ, आफ्नो काम, दुःख पीडालाई थाती राखेर व्यवस्थापनका लागि खटिरहँे तर केही पनि सीप नलागेपछि आफैँ आश्रम खोल्नुपर्छ भनेर योजना बनाएँ र सेभ हाउसको स्थापना भएको हो ।”

त्यसपछि विभिन्न कठिनाइ, दुःख, कष्ट पार गर्दै जाँदा सेभ हाउसमा बालबालिकाको सङ्ख्या दुईबाट थपिएर १२ जना भएका जनाउँदै जानकीले त्यसपछि विस्तारै सङ्ख्या थपिँदै गएको बताउनुभयो । केही समयदेखि यहाँ अनाथ बालबालिका ४९ जना पुगेका जनाउँदै उहाँले उनीहरूलाई हुर्काएर पुनःस्थापना भइसकेको उल्लेख गर्नुभयो ।

“पुनःस्थापना भएकामध्ये एकजना बालिका बैंकमा जागिरे भइसकेकी छन् । एक जना धनगढीमा कानुन (वकिल) पढ्दैछन, एक जना गायक भएका छन् । १९ जना भारतमा रोजगारी गर्दै छन्भने कोही आफन्तकामा छन्”, जानकीले भन्नुभयो ।

सुरुमा सेभ हाउस सञ्चालनका लागि टिकापुर, भजनी, दुर्गौली, जोशीपुर, लम्कीलगायत ठाउँमा सहयोगका लागि ‘मुठी’ दान अभियान सञ्चालन गरिएको स्मरण गर्दै उहाँले पहाडी समुदायको घरबाट एक मुठी र चौधरी समुदायको घरबाट एक ढकिया चामल मुठीदानका रूपमा सहयोग उठ्ने गरेको जानकारी दिनुभयो । त्यसबाट बालबालिकाको छाक टर्ने गरेको उहाँको भनाइ छ ।

त्यसको केही समयमा स्थानीय सरकार आएपछि गोदावरी नगरपालिकाबाट रु एक लाख र वडा कार्यालयबाट रु एक लाख राहत प्राप्त भएर सहज भएकोे जानकीले सुनाउनुभयो । उहाँका अनुसार त्यसपछि गोदावरी नगरपालिकाले प्रत्येक वर्ष रु चार लाखका दरले सहयोग गर्दै आएको छ । जसबाट सेभ हाउस सञ्चालनमा सहयोग पुगेको छ ।

हाल सेभ हाउसमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका गरी दुई महिनादेखि १६ वर्ष उमेर समूहका ३७ जना अनाथ तथा टुहुरा बालबालिका बसिरहेका जानकीले जानकारी दिनुभयो । गोदावरी–३ मा चौकीडाँडा सामुदायिक वन उपभोक्ता समूहको खाली जमिनमा तीनकोठे भवन निर्माणका लागि प्रस्ताव गरेको उहाँले बताउनुभयो ।

भवन निर्माणका लागि प्रदेश सरकारबाट रु ३० लाख र गोदावरी नगरपालिकाबाट रु १० लाख समेत छुट्याइएको थियो । त्यहाँका स्थानीयको विरोधपछि भवन निर्माणमा बाधा आई बजेट ‘फ्रिज’ भएको जानकीले दुखेसो पोख्नुभयो । उहाँका अनुसार अहिले निःशुल्क रूपमा अत्तरियाको पद्मा अस्पतालको खाली भवनबाट सेवा दिँदै आइएको छ । रासस