१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको कट आउटमा राखी बाँध्दै समर्थकहरूले मनाए रक्षाबन्धन



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कटआउटमा राखी बाँधेर उनका समर्थकहरूले अनौठो रुपमा रक्षाबन्धन पर्व मनाएका छन्।

शनिबार घण्टी घरमा रहेका लामिछानेको कटआउटमा राखी बाँध्दै समर्थकहरूले आफ्नो आत्मीयता र भाइचाराको प्रतीक प्रकट गरे।राखी बाँध्दै गर्दा एक ब्राह्मणले विधिपूर्वक मन्त्रपाठ गरेका थिए।

समर्थकहरूले रविलाई दाजुभाइ सम्झिएर उनको छिटो रिहाइको कामना गरे भने केही समर्थक भावुक बनेर आँसु झरेका थिए। यो कार्यक्रममा लामिछानेप्रतिको समर्थन र विश्वास झल्किएको थियो।