काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) र रक्षाबन्धन ग्रहण गरेका छन्।
राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले शनिबारको निर्धारित साइतमा पण्डित अर्जुन न्यौपानेबाट वैदिक रक्षाबन्धन ग्रहण गरे।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसँगै उनका आफन्तहरूले पनि रक्षाबन्धन ग्रहण गरेका थिए।










