६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

बाँकेमा एक हजारभन्दा बढीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

बाँकेमा एक हजारभन्दा बढीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
अ+ अ-

नेपालगञ्ज। भूमि समस्या समाधान आयोगले बाँकेमा एक हजार १३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरेको छ ।

जिल्लाको कोहलपुर नगरपालिका–१ मा विभिन्न चरणमा गरी उनीहरुलाई जग्गा धनी प्रमाणपूर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये आठ सय ९६ जना अव्यवस्थित बसोबासी र एक सय १७ जना भूमिहीन दलित र भूमिहिन सुकुम्वासी रहेका छन् ।

अव्यवस्थित बसोबासीले बढीमा रु पाँच लाखसम्म राजस्व तिरेर र सबैभन्दा कम रु १२ हजारसम्म राजस्व तिरेर जग्गाको जग्गाधनी प्रमाणपूर्जा लिएको उहाँको भनाइ छ । “अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेकालाई लालपूर्जा वितरण जारी छ”, अध्यक्ष खनालले भन्नुभयो ।

उहाँका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४,  बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएर पूर्जा वितरण अघि बढाइएको छ ।

जिल्लाको राप्तीसोनारी ३, ५, ७ र ९, बैजनाथ ७  र ६, खजुरा ४ र ५  नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा सकेर पुर्जा वितरण सुरु गर्न थालिएको अध्यक्ष खनालले बताउनुभयो । राप्तीसोनारी–१,  बैजनाथ–१, जानकी–४, नेपालगञ्ज–१८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ ।

नरैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ भने डुडुवा गाउँपालिका वडा नम्बर ६ को निवेदन दर्ता र निस्सा वितरण सुरु हुन लागेको आयोगले जनाएको छ । त्यहाँ थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपूर्जा वितरणका लागि तयारी छ ।

आयोगका अनुसार बाँकेमा हालसम्म ५३ हजार सात सय पाँच जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने छ । जसमध्ये आठ हजार तीन सय निकुञ्ज क्षेत्रभित्रका छन् । आयोगले जारी गरेको दोस्रो र तेस्रो सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको आयोगका अध्यक्ष खनालले बताउनुभयो । रासस