८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटको टाकुल्लामा हाइस दुर्घटना हुँदा सात जना घाइते



अ+ अ-

जुम्ला । जिल्लाको टाकुल्लामा आज बिहान जिप दुर्घटना हुँदा एक बच्चा, एक महिलासहित सात जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको हाइस गाडी कालीकोटको टाकुल्लामा दुर्घटना भएको थियो ।

घाइते सबैलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो ।

बा१झ ०९७६ नम्बरको फोर्स अनियन्त्रित भई करिब १०० मिटर तल तिला नदीमा खसेको हो । दुर्घटनामा पाँच जना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो ।

दुर्घटनास्थल कालीकोटमा भएको जानकारी त्यहाँको प्रहरी कार्यालयबाट प्राप्त भएको हो । अहिले कालीकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।