२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

जापानमा जन्मदर अझ घट्यो, जनसंख्या वृद्धिका योजना असफल

जापानमा जन्मदर अझ घट्यो, जनसंख्या वृद्धिका योजना असफल
अ अ+ अ-

जापानमा गत वर्ष जन्मभन्दा झण्डै १० लाख बढी मृत्यु दर्ज गरिएको छ, जसले सन् १९६८ मा सरकारले जनसांख्यिक सर्वेक्षण सुरु गरेदेखि अहिलेसम्मकै तीव्र वार्षिक जनसंख्या गिरावट देखाएको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले जापानको बुढ्यौली जनसंख्या सम्बन्धी जनसांख्यिक संकटलाई “शान्त आपतकाल” भनेर वर्णन गरेका छन् र निःशुल्क बाल हेरचाह तथा लचिलो कार्य समयजस्ता परिवार–मैत्री नीतिहरूको प्रतिबद्धता जनाएका छन्।

यद्यपि जापानी महिलाहरूमा लामो समयदेखि कम रहेको जन्मदरलाई सुधार गर्न गरिएको प्रयासले खासै प्रभाव पार्न सकेको छैन, विविसीले लेखेको छ ।

बुधबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार, सन् २०२४ मा जापानी नागरिकको संख्या ९,०८,५७४ ले घटेको छ। जापानमा केवल ६,८६,०६१ जना मात्र जन्मिए, जुन सन् १८९९ देखि हालसम्मकै सबैभन्दा कम संख्या हो। उता, करिब १६ लाख मानिसको मृत्यु भएको थियो, जसअनुसार प्रत्येक बच्चा जन्मिँदा दुईभन्दा बढी मानिसको मृत्यु भएको देखिन्छ।

जापानको जनसंख्या घटिरहेको यो लगातार १६ औँ वर्ष हो । यस गिरावटले देशको निवृत्तीभरण (पेन्सन) र स्वास्थ्य प्रणालीमा चर्को दबाब पारेको छ ।

तर, विदेशी नागरिकको संख्या भने वृद्धि हुँदै २०२५ जनवरी १ सम्म आइपुग्दा ३६ लाख पुगेको छ, जुन जापानको कुल जनसंख्याको करिब ३% हो । सरकारले डिजिटल नोमाड भिसा र सीप अभिवृद्धि कार्यक्रमहरू ल्याएर विदेशी श्रमलाई केही हदसम्म स्वीकार्न थालेको भए पनि, जापानको परम्परागत रूढिवादी समाजमा आप्रवासन विषय अझै राजनीतिक रूपमा संवेदनशील छ ।

कुल जनसंख्या २०२३ को तुलनामा ०.४४ प्रतिशतले घटेर २०२५ को सुरुआतमा करिब १२ करोड ४३ लाखमा झरेको छ।

विश्व बैंकका अनुसार, ६५ वर्षभन्दा माथिका वृद्ध जनसंख्या अहिले करिब ३०% पुगेका छन्, जुन विश्वमै मोनाकोपछि दोस्रो उच्च अनुपात हो ।

काम गर्ने उमेर समूह (१५–६४ वर्ष) करिब ६०% मा झरेको छ।

देशका धेरै शहर तथा गाउँहरू जनसंख्या घटेर प्रायः सुनसान बन्न थालेका छन्। पछिल्ला दुई दशकमा करिब ४० लाख घरहरू परित्यक्त भएको सरकारी तथ्यांकले देखाएको छ ।

जन्मदर बढाउन सरकारले वर्षौंदेखि आवास अनुदानदेखि तलबसहितको बिदाजस्ता थुप्रै प्रोत्साहन कार्यक्रम ल्याउँदै आएको छ। तर, गहिरो सामाजिक र आर्थिक बाधाहरू अझै पनि कायम छन्।

जीवनस्तरको उच्च खर्च, स्थिर तलब र कठोर कार्यसंस्कृतिले धेरै युवालाई परिवार सुरु गर्नबाट रोक्दछ । महिलाहरू अझै पनि परम्परागत लैंगिक भूमिकामा सीमित छन्, जसले गर्दा उनीहरूलाई सन्तानको हेरचाहमा खासै सहयोग नपाइने स्थिति सिर्जना भएको छ।

जापानको प्रजनन दर (एक महिलाले आफ्नो जीवनभरिमा जन्माउने औसत सन्तान संख्या) १९७० को दशकदेखि नै न्यून रहँदै आएको छ। त्यसैले विज्ञहरू भन्छन् — अब तत्कालै सुधार आए पनि त्यसको प्रतिफल देखिन दशकौं लाग्न सक्छ ।