६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मलको उत्पादन सुरु

तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मलको उत्पादन सुरु
अ+ अ-

रुपन्देही । जिल्लाको तिलोत्तमाका युवाहरूले प्राङ्गारिक मलको उत्पादन सुरु गरेका छन् । यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन् ।

‘जैको’ नामबाट बजारमा आएको यस मलको प्याकेट आकर्षक बनाइएको छ । सबैको सहजताका लागि एक किलोको प्याकेट बनाएर बजारमा ल्याइएको युवा बताउँछन् । हेक्टर र बिघामा खेती गर्ने किसानदेखि लिएर गमलाको फूलका लागि यो मल सजिलै प्राप्त गरी प्रयोग गर्न सकिन्छ ।

नेपाल वायो कम्पोस्ट कम्पनीले उक्त मल बजारमा ल्याएको हो । पछिल्लो समय रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्य र माटोको उर्वरा शक्तिलाई खराब गरिरहेको अवस्थामा युवाहरूको सक्रियतामा मलको उत्पादन सुरु भएको हो । जैविक मलको प्रयोगले विस्तारै माटोको गुणस्तरमा सुधार ल्याउन सकिने उद्देश्यले उत्पादनमा सक्रिय बनेको कम्पनीका सदस्य राहुल पन्थीले बताउनुभयो । “यसका लागि अहिलेसम्म रु तीन करोड रकम लगानी गरिसक्यौँ, अब भने विस्तारै प्रतिफल आउने आशमा छौँ”, उहाँले भन्नुभयो ।

रासायनिक मलको व्यापक प्रयोगले माटोको अवस्था जीर्ण बनिरहेको अवस्थामा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा जोड दिइएको उहाँको भनाइ छ । “धेरैले जानी–जानी रासायनिक मलको प्रयोग गरिरहेका छन् । यसले माटो, मानव स्वास्थ्य मात्र नभई वातावरणमा भएका समग्र जीवजन्तुलाई असर गरिरहेको छ । फलस्वरूप पारिस्थितिक प्रणाली प्रभावित भएर त्यसको असर वातावरणका सम्पूर्ण जीवले भोगिरहेका छन्”, उहाँले भन्नुभयो ।

‘जैको’ प्राङ्गारिक मलको उत्पादनले मानवसँगै सम्पूर्ण जीवजन्तु र माटोले नयाँ जीवन प्राप्त गर्ने आशा रहेको कम्पनीका सदस्य पन्थीले बताउनुभयो । दिनानुदिन रासायनिक मलका प्रयोगकर्ता बढिरहनु, रासायनिक मलले उत्पादन छिटो र बढी दिने वर्तमान अवस्थामा प्राङ्गारिक मलको प्रयोगलाई बढाउनु चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

के हो ‘जैको’ मल ?

यो मल एक प्रकारको सतप्रतिशत प्राङ्गारिक मल हो । माटोका लागि अति महत्त्वपूर्ण मानिएको यो मल प्राकृतिक तरिकाले बनाइने कम्पनीका कोषाध्यक्ष सुरेन्द्रकुमार गौतमले बताउनुभयो । यो मलको प्रयोगबाट बिरुवाको वृद्धि विकास भई उत्पादन पनि प्रशस्त हुने उहाँले उल्लेख गर्नुभयो ।

“यसमा गाईभैँसीको गोबर, वनजङ्गका अनावश्यक झारपात (औषधीय गुणले भरिपूर्ण), विभिन्न बालीका अनावश्यक झारपातलगायत वस्तु कुँहाएर प्राकृतिक तरिकाले मल उत्पादन गरिन्छ । यसमा पर्याप्त मात्रामा नाइट्रोजन, फोस्फरस, पोटासियम ९एनपिके० र बिरुवाको वृद्धि विकासका लागि आवश्यक सूक्ष्म पोषक तत्वहरू पाइन्छन्”, गौतमले भन्नुभयो ।

प्राङ्गारिक मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने माटो विज्ञ एवं कम्पनीका उपाध्यक्ष लोकेन्द्र घर्ती मगरले बताउनुभयो । “यो गन्धरहित, पर्यावरणमैत्री र विषादीरहित बनेको छ । फूलका लागि प्रतिबिरुवा २०० ग्राम, फलफूलका लागि प्रतिबोट एक किलो , तरकारीका लागि प्रतिबोट २०० ग्राम आवश्यक पर्दछ । प्रयोग भएको प्याकेटलाई बन्द गरी सूर्यको प्रकाश र चिसोबाट टाढा राख्नु पर्दछ”, उहाँले भन्नुभयो ।

यो मलमा भएका खाद्य तत्वहरू पानीमा घुलनशील हुने भएकाले बिरुवाले ती तत्वलाई सजिलैसँग प्राप्त गर्ने मगरले जानकारी दिनुभयो । यो मलमा भिटामिन, हर्मोनका साथै माटो र बिरुवाका लागि चाहिने अतिआवश्यक पोषक तत्व र जैविक गतिविधि बढाउने सूक्ष्म जीवहरू पर्याप्त मात्रामा हुने भएकाले अरु मलभन्दा गुणस्तरीर रहेको उहाँले दाबी गर्नुभयो ।

“औषधीय गुण भएका पातपतिङ्गर, फोहर वस्तुबाट यो मल बनाइने भएकाले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्छ । यसले बिरुवाको रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले उत्पादनमा वृद्धि हुन्छ । साथै माटोको गुणस्तरमा सुधार ल्याउनुका साथै माटो क्षयीकरण हुनबाट जोगाउछ”, विज्ञ मगरले भन्नुभयो ।

कम्पनीले दैनिक करिब डेढ टन मल उत्पादन गरिरहेको सदस्य शान्ति मगरले जानकारी दिनुभयो । सुरुआती चरण भएकाले माग अनुसार मल बजारमा पुर्‍याउन नसकिएको उहाँको भनाइ छ ।

खेतीको याममा बढी खपत हुने भएकाले मागअनुसार अपूर्ति गर्न नसकिएको कम्पनीका अध्यक्ष यमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार जैको मल रुपन्देहीसहित पाल्पा, कपिलवस्तु, गुल्मी, नवलपरासी र स्याङ्जामा खपत हुने गरेको छ ।